पाटनबारे जनचेतना जगाउने उद्देश्यले मच्छिन्द्रनाथको अस्थायी रथ प्रदर्शनी
ललितपुर । वैशाख शुक्लपक्ष प्रतिपदादेखि असार शुक्ल चौथीसम्म जिल्लामा करीब दुई महिना चल्ने रातो मच्छिन्द्रनाथ जात्रा अवधिभर पाटन सङ्ग्रहालयले मच्छिन्द्रनाथको अस्थायी रथ प्रदर्शनी गर्ने भएको छ ।
पाटनको संस्कृति र शिक्षाबारेमा जनचेतना बढाउने उद्देश्यका साथ जात्राका अवसरमा प्रदर्शनीलाई एकैसाथ अघि बढाउन लागिएको पाटन सङ्ग्रहालय प्रमुख सुरेशमान लाखेले जानकारी दिए ।
प्रदर्शनीमा प्रयोग हुने सामग्री सक्कली हुनेछन् । रथमा भैरवको मकुण्डो लगाएर पंहेलो पताकाले वरिपरि बेरिने छ ।
यस वर्षको रातो मछिन्द्रनाथको जात्रा यही वैशाख महिनामा हुँदैछ । वैशाख ७ गते मछिन्द्रनाथको महास्नान गरिन्छ ।
त्यसपछि नै महिला र पुरुष दुवैका रुपमा दशकर्म हुनेछ । यही वैशाख २२ गते रथारोहण गरेपछि वैशाख २५ गते रथ तानिने गुठी संस्थान ललितपुर शाखाले जनाएको छ ।
सम्बन्धित समाचार
प्रतिकृया दिनुहोस