• शुक्रबार ८-६-२०७६/Friday 11-22-2019
श्रृङगार

राम्रो बन्ने रहर

फ्रेसन्युज संवाददाता, काठमाडौं । मेकअप बिनाको नारी र नारीबिनाको मेकअप सायद अधुरो हुन्छ । पौराणिककालीन कल्पना वा यर्थाथभित्र वर्णित कथाले पनि यस कुराको पृष्टि गर्छन । हाल संचालित हजारौं व्युटीपार्लर र त्यहाँ लाग्ने भीडले श्रृंगारको आर्कषण बुझन् गाह्रो पर्दैन । हरेकजसो सहरीया महिला फेसियल, थे्रडिङ् वा हेयर कटिङको निहुँमा पार्लर धाउँछन् । त्यसैले यसको ब्यवसाय राम्रोसँग फस्टाएको छ । 

 

सहरमा धेरै व्युटीपार्लरहरुको सँख्यासँगै ब्युटीसियनहरु पनि बढेका छन् । १० वर्षदेखि सुन्दरताको खेती गर्दै आएकी सौन्दर्य व्युटीपार्लर मैतीदेवी कि संचालक मुना लम्साल अहिले व्युटीपार्लरहरुको व्यापार खासै नहुने बताइन । यो पनि समयको अनुसार हुँदोरहेछ । ‘पहिले व्युटीपार्लर सम्बन्धी कोर्स सिक्दा यसको माग एकदमै थियो’ उनले भनिन्, तर आजभोली राजधानीमा टोल्लै पिच्छे व्युटीपार्लर भएकोले यसको माग घटेको छ । कहिले काही अरुलाई सजाउँदा सजाउँदै आफुलाई पनि सजिन मन लाग्ने उनको भनाई थियो । उनी भन्छिन्, आफुले सक्ने आफुले गर्ने र आफुलाई सजिन मन लागे साथी या अरु कसैलाई लगाउने ।छालाको मसाज र सामान्य मेकअप आफै गर्न सक्ने भए पनि थे्रडिङ, हेयर कटिङ आदि काम गर्नको लागि भने महिलाहरुलाई व्युटीपार्लर धाउन पर्ने व्युटीसियनहरु भनाई छ । आफुले भ्यायसम्म आफैले मेकअप गरिदिने नत्र अरुलाई नै लगाउने सौन्र्दय व्युटीपार्लर कि संचालक लम्सार बताउँछिन्  । पार्लरमा ब्युटि सम्बन्धि कुराहरु सिक्नको लागि पनि धेरै आउने गरेको उनको धारणा थियो  । 

 

चर्चित व्युटीसियन तथा अनुभवी प्रशिक्षक कमला श्रेष्ठ सौन्र्दय र शृङगार प्रतिको सोचाइमा पहिलेको तुलनामा आकाश पातालको फरक आएको बताउँछिन् । ३५ वर्ष देखि यस पेशामा संलग्न कमला तीनहजार भन्दा बढि ब्युटीसियनका गुरुआमा पनि हुन । ब्याङककबाट सौन्र्दयको बिषयमा स्नातक गरेकी कमला को अनुसार, बिदेश जाने आउनेको बढ्दो सङख्या बिदेशी टेलिभिजन र फेशन प्रभाव सँगै स्वदेशी मिडिया र तिनका सोचमा आएको परिवर्तनले यसको ब्यापकता बढेको हो । उनी भन्छिन्, राम्रो बन्न खोज्नु समयको माग पनि हो ।  

 

ब्युटी क्लब भाटभाटेनीकी संचालिका सान्द्रा पुन अहिले व्युटीपार्लहरुको व्यापार खासै नहुनेको बताईन । अहिले समय धेरै फेरिइसक्यो । व्युटी क्लबमा कपाल स्टे्रट पार्न आएकी थापाथली कि पुजा लामा केटाहरुको ध्यान खिच्न पनि केटीहरुले आफुलाई फेशनेवल बनाउने गरेको बताईन । उनले भनिन्, केटाहरुले पनि त आफनो रोजाइको केटी राम्रो होस् भन्ने चाहन्छन् । ५ वर्ष अधि ६ महिने तालिम लिएर ललितपुरमा रुपश्री व्युटीपार्लर सँचालन गर्दै आएकी सन्दिला अवाले धेरै केटीहरु श्रृङ्गार बारे बुझन आउने गरेको तर्क गर्छिन । सौन्दर्य प्रतिको बढ्दो आकर्षणका कारण व्यवसाय फस्टाएको पनि उनको अनुभव छ । पहिला रुचीले सिकियो अहिले पेशा नै बनेको छ ।

 

अहिले व्युटीपार्लर जाने उमेर १३ वर्षबाट सुरु हुन्छ । आफनो प्रकृतिक सौन्दर्यमा अलिकति ध्यान दिए जो कोही सुन्दर देखिने दरबारमार्ग स्थित लुजा व्युटीपार्लर कि संचालिका सपना ताम्राकारले बताईन । ७ वर्ष देखि आफु यस पेशामा लागेको बताउने उनी अहिले यसमा खासै ब्यापार नरहेको बताउँछिन् । 

 

व्युटीपार्लमा गरिने मेकअप भनेको फेसियल, थे्रडिङ र कटिङ हुन् । क्रिम, पाउडर, लिपिस्टिक र गाजल नियमित लगाए पनि महिलाहरु नियमित फेसियल चाही गर्दैनन् । थे्रडिङ पनि लाजै हुने गरि रौं पलाएपछि मात्र गर्ने बताउँछन् । सौन्दर्यका साथै छालाको स्वास्थ्यमा महिलाहरु सचेत देखिन्छन् । नारी सौन्दर्यका प्रतिक हुन । प्राणी जगतमा सबै भन्दा सुन्दर कोही छ भने त्यो नारीलाई नै मानिन्छ । उनीहरुको सुन्दरतालाई ३२ लक्षणसम्म पुर्याएर गनिन्छ । तर, सुन्दरताको सवालमा उनीहरु असन्तोषी नै हुन्छन् । त्यसैले होला जतिसुकै सुन्दरी भएपनि उनीहरुलाई कुत्रिम सुन्दरताको प्रशाधनहरु प्रिय हुन्छन् । व्युटीपार्लरमा नारीहरुको भिडले यहि यर्थाथलाई पृष्टि गर्छ । 

 

तस्वीर : Riti's Beauty Parlour

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार