• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
देश/प्रदेश

कैलालीको अत्तरिया र लम्कीमा शङ्कास्पद वस्तु फेला परेपछि

धनगढी । बिप्लप नेतृत्वको नेकपा माओवादी समूहले गरेको बन्दका क्रममा आज कैलालीको अत्तरिया र लम्कीमा शङ्कास्पद वस्तु फेला परेपछि जनजीवन त्रसित बनेको छ ।

 

 स्थानीयवासी पुनः हिंसा र द्वन्द्व निम्तिने अवस्था आउन सक्ने भन्दै त्रसित बनेका हुन् । फेला परेको शङ्कास्पद वस्तु बम नभएको पुष्टि भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता दक्षकुमार बस्नेतले बताए ।

 

 शङ्कास्पद वस्तु भेटिएपछि नेपाली सेनाको टोलीले निष्क्रिय पार्ने प्रयास गरेको थियो । बन्दका कारण आज शिक्षण संस्था, यातायात, उद्योग–व्यवसाय  प्रभावित भएको छ । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार