• मंगलबार १-४-२०८१/Tuesday 04-16-2024
देश/प्रदेश

अवतरणका क्रममा नेपाल वायुसेवा निगमको जहाजमा चरा ठोक्कियो

काठमाडौं । बिहिबार नेपाल वायुसेवा निगमको आरए ४१६ जहाजमा चरा ठोक्किएको छ ।

 

 मलेसियाको राजधानी क्लालाम्पुरबाट काठमाण्डौ आउँदै गरेको निगमको  जहाजमा अवतरणका क्रममा पाङग्रामा चरा ठोक्किएको  विमानस्थल कार्यालयले जनाएको छ ।

 

बिहान ९ : ३० बजे धावनमार्गमा गुडिरहेका बेला जहाजको पछाडिको पाङग्रामा चरा ठोक्किएको थियो ।

 

 जहाजमा कुनै क्षति नभएको र सबै यात्रु सकुशल रहेका त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ ।  

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार