• बुधबार १-१२-२०८१/Wednesday 04-24-2024
बिश्व

आँधीका कारण भारतमा ३५ जनाको मृत्यु

नयाँ दिल्ली । भारतको विभिन्न राज्यमा मङ्गलबार राति बेमौसमको वर्षापछि आएको घूलो सहितको आँधीमा परी कम्तीमा ३५ जनाको मृत्यु भएको छ ।


स्थानीय सञ्चाार माध्यमका अनुसार राजस्थान राज्यमा परेको चट्याङका कारण चार बालबालिका सहित ११ जनाको मृत्यु भएको छ ।

 

त्यसगरी पश्चिम राज्य गुजरातको कैयौं जिल्लामा आएको धूलो सहितको आँधीमा परी कम्तीका नौ जनाको मृत्यु भएको छ । भारतको गुजरात र अहमदाबाद राजकोट, पटना लगायत अन्य कैयौं जिल्लाहरु यस आँधीका कारण प्रभावित भएका छन् ।

 

बेमौसमी वर्षा र आँधीको कारण मध्य प्रदेश र राजस्थानका विभिन्न भागमा भएको जनधनको क्षतिप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गहिरो दुःख व्यक्त गरे ।

 


 प्रकोपमा परी ज्यान गुमाउने व्यक्तिका परिवारलाई सरकारले क्षतिपूर्ति स्वरुप २ लाख भारु र घाइतेलाई ५० हजार राष्ट्रिय कोषबाट तत्काल उपलब्ध गराइने भएको छ ।सिन्ह्वा

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार