• शनिबार १-८-२०८१/Saturday 04-20-2024
मनोरञ्जन

‘परिवारको माया नै मेरो लागि सबथोक’

मेलिना राई, गायिका

तपाईसँग सबैभन्दा बहुमुल्य बस्तु के छ ?
त्यस्तो केही छैन । मेरो लागि सबै नै बहुमुल्य हो तर अब भन्नु नै पर्ने हो भने मेरो लागी बहुमुल्य बस्तु भनेको ‘औंठी’ हो । मेरो लागि हारमोनिय, हेयरफोन पनि बहुमुल्य बस्तु हो । यो मेरो जीवनसँग जोडिएको कुरा पनि हो । 
 

 

यदी घर छाडेर जानु पर्दा एउटा बस्तु मात्र लिएर जानु परे के लैजानुहुन्छ ?
एक त घर छाडेर जाने कुरा नै हुँदैन । यदी गइनै हाल्यो भने पनि एउटा मात्र बस्तु त पक्कै लगिन्न । अब प्रश्न अनुसार नै भन्नु पर्ने हो भने मोबाइल लिएर जान्छु । 
 

 

तपाईलाई आफनो सबैभन्दा बढि गर्व लाग्ने बस्तु के हो ? 
मलाई मेरो परिवारको साथ र उनीहरुको माया नै सबैभन्दा बढि गर्व लाग्ने बस्तु हो । खाली आवाज राम्रो भएर मात्र हुँदैन । पारिवारिक साथ पनि एकदमै जरुरी हुन्छ । 
 

 

घरको कुन कोठामा सबैभन्दा बडि मन पर्ने बस्तुहरु छन् ?
त्यस्तो त खासै केही छैन । मैले आफनो बैठक कोठामा आफुलाई बडि मन पर्ने बस्तुहरु राखेकी छु । अब के भनेर प्लीज नसोध्नु होला । आफनो बैठक कोठामा धेरै सामानहरु राखिन्छ । 
 

 

कुन बस्तु किन्दा सबैभन्दा बडि सन्तुष्टि मिल्छ ?
आफुलाई चाहिने चिज किन्दा नै बडि सन्तुष्ट लाग्ने हो । म थरीथरीका लुगाहरु किन्न रुचाउँछु । त्यसैले लुगाफाँटाहरु किन्दा मलाई बडि सन्तुष्टि मिल्छ । 
 

 

कुन बस्तु बिना तपाई एकछिन बाच्न सक्नुहुन्न ? फोन, कम्प्युटर, ल्यापटप, पुस्तक, खेलौना वा अन्य । 
यो त तपाईलाई पनि पक्कै थाहा होला फोन नै हो भनेर । म मात्र होइन, सायद धेरै मान्छेहरु फोन बिना बाच्न सक्दैनन् होला । त्यो पनि मोबाइल । 
 

 

तपाईले कहिल्यै आफुले महत्वपुर्ण ठानेको बस्तु चोर्नुभएको छ ? 
अहिलेसम्म केही चिज चोरेकी छैन । अफुलाई केही चिज मन पर्यो भने किन्ने हो किन चोर्नुपर्यो । 
 

 

आफना बस्तुसँग तपाईको आत्मियता कत्तिको छ ? 
एकदमै आत्मियता छ । आफनो बस्तुसंग सबैलाई अत्मियता हुन्छ । 
 

 

तपाईले बाल्यकालमा कुन बस्तुलाई धेरै महत्वपुर्ण ठान्नुभयो ?
त्यस्तो यही भन्ने छैन । बाल्यकालमा प्राय सबै बस्तुहरु महत्वपुर्ण नै लाग्थ्यो । त्यसमाथी आमा बुबवाले किन्दिनु भएको भयो भने त्यो धेरै नै महत्वपुर्ण हुन्छ । 
 

 

तपाई कस्तो स्वभावको महिला हो ? 
मलाई सबैले चञ्चल खालको महिला भन्छन् । तर आफुलाई म त एकदमै सोझो खालकी महिला हो कि भन्ने लाग्छ । यो अरुले हेर्ने कुरा हो । म आफुले आफनो प्रशंसा गर्नु राम्रो नहोला । 
 

 

जीवनमा कहिले कोही मन परेको छ ? केटा
मन पर्ने त कति छन् कति । तर नाम चाहि भन्न अलि नमिल्ला कि । मलाई मन पराउने मेरो फ्यानहरु धेरै हुनुहुन्छ । उहाँहरुको मायाले नै म आज यहाँसम्म आएकी हुँ । 
 

 

राती घरबाट बाहिर जानुपर्दा कहाँ जानुहुन्छ ?
राती घरबाट बाहिर खासै निस्कन पर्दैन । त्यसैले कहाँ जाने भन्ने कुरा नै आउँदैन । फेरी काम नपरी राती घरबाट निस्कने कुरा पनि आउँदैन । अब कहिलेकाही कोही बिरामी भयो । केही जरुरी त्यस्तै पर्यो भने घरबाट निस्कने हो । 


 

 

तपाईको मन पर्ने काम के हो ?
मेरो मन पर्ने काम भनेको गीतसंगीत नै हो । गाउँनु नै मेरो मन पर्ने काम हो । 
 

 

तपाईको मन पर्ने फेसन शैली कुन हो ?
आफुलाई सुहाउने जिन्स टिर्सट नै मेरो मन पर्ने फेसन शैली हो । मलाई कुल र स्पोटी खालका फेसन पनि मन पर्छ । 
 

 

मनमा शंका उब्जिए के गर्नुहुन्छ ?
खै, अहिलेसम्म त उब्जिएका छैन । अब त्यस्तो शंका नै लाग्यो भने सोचाईमा पर्छु । 
 

 

कस्तो खालको केटा मन पर्छ ?
मलाई एकदमै सोझो, गम्भिर, धेरै नबोल्ने र मैले भनेको हरेक कुरा मान्ने खालको केटा मन पर्छ । उसको स्वभाव मेरो भन्दा अलि भिन्न होस् ।  
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार