• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
खेलकुद

विश्वकप छनोटमा नेपालको फराकिलो जित,ओमान १५० रनले पराजित

काठमाडौं । आईसीसी यू-१९ विश्वकप छनोटअन्तर्गतको चौथो खेलमा  नेपालले ओमानलाई १ सय ५० रनको फराकिलो अन्तरले पराजित गरेको छ ।

 

२ सय ३० रनको लक्ष्य पछ्याएको ओमान ४४.१ ओभरमा ७९ रनमा अलआउट भएपछि नेपालले फराकिलो जित हात पारेको हो। ओमानका लागि अमनप्रित सिरहाले १३ रन र जिल तन्नाले नटआउट १३ रन बनाए भने अन्य ब्याट्सम्यानले खासै रन बनाउन सकेनन्

 

बलिङमा नेपालका पवन सर्राफले ३ विकेट लिए। प्रतिश जिसी र सूर्य तामाङले २-२ विकेट लिए । कुशल मल्ल, भीम सार्की र कमलसिंह ऐरीको नाममा १-१ विकेट लिए। नेपाललाई फराकिलो जित दिलाउन पवन सरार्फले १० ओभरमा २ मेडन सहित २४ रन खर्चेर ३ विकेट लिए । प्रतिस जिसी सुर्य र तामाङको नाममा समान दुई विकेट रह्यो । त्यस्तै कमलसिंह ऐरी,कुशल मल्ल र भिम सार्कीले समान १ विकेट लिए ।

 

नेपाललाई जित दिलाउन  प्रतिस जिसीले आक्रमक ब्याटिङ गरे । प्रतिसले २३ बलमा २ चौका र ४ छक्का सहित ४१ रन बटुलेपछि नेपालले आफनो जित पक्का गर्न सफल भएको थियो । अन्तिम विकेटका लागि प्रतिस र सुर्य तामाङले ५१ रनको साझेदारी गरे । सुर्य तामाङ ७ रनमा अविजित रहे ।

 

यसअघि नेपालले पहिलो खेलमा सिंगापुरलाई सिंगापुरलाई २ सय १७ को फराकिलो अन्तरले पराजित गरेको थियो । वर्षाले प्रभावित दोस्रो खेलमा भने नेपालले दुर्भाग्यपूर्ण हार बेहोरेको थियो । दोस्रो खेलमा नेपाल युएईसँग डिएल मेथड १ रनले पराजित भएको थियो ।  तेस्रो खेलमा सानदार जित निकाल्ने क्रममा नेपालले आयोजक मलेसियालाई ८ विकेटले हराएको थियो।

 

अब नेपालले अन्तिम खेलमा बिहीबार कुवेतसँग प्रतिस्पर्धा खेल्नेछ। सोहि दिन शीर्ष स्थानको युएईले ओमानसँग खेल्नेछ । ओमानले जित निकाले मात्र नेपालको विश्वकप छनोट हुने सम्भावना हुनेछ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार