• बुधबार १-१२-२०८१/Wednesday 04-24-2024
खेलकुद

विश्वकपका लागि १५ सदस्यीय भारतीय क्रिकेट टीम घोषणा

नयाँदिल्ली । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले विश्वकप क्रिकेटका लागि १५ सदस्यीय भारतीय क्रिकेट टीमको घोषणा गरेको छ । 

 

भारतीय टोलीको नेतृत्व विराट कोहलीले गर्ने भएका छन् भने महेन्द्रसिंह धोनी विकेटकिपरको रहनेछन् । यसपटक  विकेटकिपर रिशव पन्तले टिममा स्थान बनाउन सकेनन्। उनलाई टिममा राख्ने अनुमान गरिएता पनि अनुभवी विकेटकिपर दिनेश कार्तिकलाई टिममा स्थान दिइएको छ ।

 

यस्तै अम्बाती रायादु पनि टिममा परेनन्। मध्यक्रममा विजय शंकरले स्थान पाएका छन् । श्रेयर इयर र मनिष पाण्डे पनि टिममा समावेश गरिएको छैन। १२ औं आइसीसी विश्वकप २०१९ आगामी ३० मे देखि १४ जुलाईसम्म इंग्ल्याण्ड र वेल्समा हुँदैछ ।


भारतीय टोली :

विराट कोहली (कप्तान)

 

रोहित शर्मा (उपकप्तान) 

 

शिखर धवन

 

केएल राहुल 

 

विजय शंकर 

 

एमएस धोनी (विकेटकिपर)

 

केदार जाधव 

 

दिनेश कात्तिक

 

युजवेन्द्र चहल

 

कुलदीप यादव

 

भुवनेश्वर कुमार

 

जसप्रीत बुमराह

 

हार्दिक पंड्या

 

मोहम्मद शमी 

 

रवीन्द्र जडेजा

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार