• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
शिक्षा

मुलुकभर विद्यार्थी भर्ना अभियान सुरुः १० लाख भर्ना

काठमाडौं । सरकारले मुलुकभर एक साथ आजदेखि विद्यार्थी भर्ना अभियान सुरु गरेको छ ।

 

वैशाख १४ गतेसम्म चल्ने अभियानमा ‘हाम्रो नगर हाम्रो गाउँ, सबै बालबालिकालाई विद्यालय पुर्‍याउँ’ भन्ने नाराका साथ सरकारले भर्ना अभियान सुरु गरेको हो ।

 

 शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार संस्थागत र सामुदायिक दुवैतर्फबाट करीब १० लाख विद्यार्थी विद्यालयमा भर्ना हुने छन ।

 


अभिभावकमा चेतनाको कमीका कारण विद्यालय जाने उमेर समूहका बालबालिका विद्यालय बाहिर रहेको मन्त्रालयको तथ्याकंमा उल्लेख छ ।

 

प्रदेश २ सरकारले विद्यार्थी  भर्ना दर बढाउन विशेष किसिमको अभियान नै चलाउने भएको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार