• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
राजनीति

‘बालुवाटार बेच्नेले सिंहदरबार पनि बेच्लान् !’

काठमाडौं । विवेकशील साझा पार्टीले हायात तथा बालुवाटार जग्गा अनियमितता प्रकरणको विरोधमा प्रधानमन्त्री निवास बालुवाटारमा प्रदर्शन गरेको छ।

 

पार्टी प्रवक्ता सूर्यराज आचार्यले सरकारी जग्गा अपचलन हुन नदिन सरकारलाई सचेत गराउन प्रधानमन्त्री निवास अगाडिनै विरोध प्रदर्शन गर्नुपरेको बताए । प्रदर्शनमा सहभागी नेता तथा कार्यकर्ताले ‘भ्रष्टाचार कहिले सम्म, जनता सचेत नभएसम्म’, बालुवाटार बेच्नेले सिंहदरवार पनि बेच्लान्, होशियार’,  जस्ता नारा लेखिएका प्लेकार्ड लिएका छन । 

 

भू-माफियालाई कारवाही नगरेसम्म यो अभियान जारी राख्ने उनीहरुले बताएका छन ।

 

तस्वीर : रवीन्द्र मिश्रको ट्वीटर

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार