• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
खेलकुद

विश्वकप छनोटमा मलेसियामाथि नेपालको सहज जित

काठमाडौं । नेपालले आईसीसी यू १९ विश्वकप छनोट अन्तर्गतको तेस्रो खेलमा मलेसिया माथि सहज जित हात पारेको छ । आइतबार भएको खेलमा नेपालले मलेसियालाई ८ विकेटले हराएको हो । 

 

९३ रनको लक्ष्य पछ्याएको नेपालले १३ ओभरमा २ विकेटको क्षतिमा ९५ रन बनाएर जित आफनो हात पार्यो  । नेपालका लागी ओपनर रित गौतमले ४५ बलमा ५ चौका प्रहार गर्दै ३९ रनमा अविजित रहे । यस्तै  कप्तान रोहित कुमार पौडेल १ बलमा ६ रनमा अविजित रहे । पवन सरार्फले १४ बलमा २ चौका र १ छक्का प्रहार गर्दै १९ रनमा आउट भए । आशिफ शेखले १८ बलमा ३ चौका र १ छक्का प्रहार गर्दै २६ रनमा आउट भए । मलेसियाका लागि अफीक सयाकीर र स्युक्री मडेलीले समान १ विकेट लिए ।

 

त्यस्तै कप्तान मोहमद अमिरले १३ रन जोड्दा हाकिम हर्शनले १० रन बनाए । मलेसियाका लागि त्यसबाहेक कुनै पनि खेलाडीले दोहोरो रन बनाउन सकेनन् । बलिङतर्फ नेपालका पवन शराफ र कौशल मल्लले सर्वाधिक तीन तीन विकेट लिए । त्यस्तै कमल सिंह ऐरीले दुई विकेट लिदा सागर ढकाल एक विकेट लिन सफल भएका थिए । 

 

यो संगै नेपालले ३ खेलबाट ४ अंक जोडेको छ । नेपालले पहिलो खेलमा सिंगापुरलाई २ सय १७ रनले फराकिलो अन्तरले पराजित गरेको थियो भने दोस्रो खेल बर्षको कारण डकवर्थ लेविस मेथडका आधारमा यूएईसँग १ रनले पराजित भएपछि नेपालको विश्वपको यात्रा कठिन बनेको छ ।

 

नेपाल बाँकी दुबै खेलमा फराकिलो अन्तरले विजयी भए र यूएई सिंगापुर र ओमान मध्य एक टोलीसँग पराजित भएको खण्डमा मात्र नेपाल विश्वकप खेल्न पाउने छ । नेपालले आफ्नो चौथो खेल मंंगलबार ओमानसँग खेल्ने छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार