• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
देश/प्रदेश

बन्दै गरेको तीन करोडको पुल भाँच्चियो, पाँच घाइते

बुटवल । गुल्मीमा बडिगाड खोलामाथि बन्दै गरेको पुल निर्माणको अन्तिम चरणमा आएर भाँचिएको छ। पुल भाँचिदा पाँच जना घाइते भएका छन् ।

 

घाइते हुनेमा निर्माण व्यवसायी ऋषिराम इटनीसहित बडिगाड गाउँपालिका–२ का तुलबहादुर राना, मुसिकोट नगरपालिकाका रनवहादुर कुमाल, गणेश कुमाल र रुद्रवहादुर काकीृ रहेका छन्। घाइतेहरुको इमरजेन्सी पोलिक्लिनिक हटियामा उपचार भइरहेको छ।

 

वाइटी जय बुद्ध कन्ट्रक्सनले निर्माण गर्दै गरेको ५ करोड लागतमा ५५ मिटर लामो पुल निर्माण गरिरहेको थियो । शुक्रवार ढलान सुरु गरी अन्तिम अवस्थामा पुगेको वेला पुल एक्कासी भाँचिएको हो।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार