• बुधबार १-५-२०८१/Wednesday 04-17-2024
खेलकुद

दिल्ली लिग तालिकाको दोस्रो स्थानमा,हैदरावाद ३९ रनले पराजित

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) मा दिल्ली क्यापिटल्स अंक तालिकामा दोस्रो स्थानमा उक्लिएको छ ।  दिल्लीको ८ खेलबाट १० अंक भएको छ ।

 

नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने आबद्ध दिल्लीले खेलमा सनराईजर्स हैदरावादलाई ३९ रनले पराजित गर्दै अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । १ सय ५६ रनको लक्ष्य पक्ष्याएको हैदरावाद १८.५ ओभरमा सबै विकेट गुमाएपछि १ सय १६ रनमा समेटिएको थियो । 

 

हैदरावादका लागि ओपनर डेविड वार्नरले ४७ बलमा ३ चौका र १ छक्का प्रहार गर्दै ५१ बनाए । वार्नर १७ ओभरको दोस्रो बलमा कागीसो रबडाको बलमा श्रेयस ऐयरबाट क्याच आउट भएपछि दिल्लीले हैदरावादलाई दबाबमा राख्न सक्यो।

 

दिल्लीका कागीसो राबडाले ४ तथा क्रिस मोरिस र किमो पाउलले समान ३र३ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ७ विकेट गुमाएर १५५ रन बनाएको थियो । दिल्लीका लागि कप्तान श्रेयस आयरले ४५ तथा कोलिन मुन्रोले ४० रन बनाए । यस्तै ऋषभ पन्तले २३ रन जोड्दा अक्षर पटेलले अविजित १४ रन बनाएका थिए । 

 

हैदरावादका खालिद अहमेदले ३ तथा भुवनेश्वर कुमारले २ विकेट लिए । यो जितसँगै दिल्लीले ८ खेलमा ५ मा जित हात पारेको छ भने  हैदरावादको यो चौंथो हार हो ।
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार