• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
देश/प्रदेश

केन्याको एक नाइट क्लबबाट  १२ नेपाली युवती नियन्त्रणमा

तस्बिरः नेशनल मिडिया ग्रुप

काठमाडौं ।  केन्यामा १२ जना नेपाली युवती प्रहरीको नियन्त्रणमा परेका छन् । मानव तस्करीबाट केन्या पुर्याइएका ठानिएका ती महिलाहरुलाई प्रहरीले एक नाइट क्लबमा छापा मारेर पक्राउ गरेको हो ।

 

केन्याको मोम्बासा काउन्टीको नियालीमा रहेको न्यू रंगिला बारमा प्रहरीले शनिबार  मारी उनीहरुलाई पक्राउ गरेको स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् । उनीहरुलाई बार डान्समा तस्करहरुले त्यहाँ पुर्‍याएको प्रहरीले जनाएको छ।

 

प्रहरीले बार सञ्चालकलाई पनि पक्राउ गरेको छ। बार सञ्चालकको साथबाट क्यानेडियन राहदानी बरामद गरिएको भने राहदानीमा उनको नाम असिफ अमिराली अलिभाई जेजेथा उल्लेख भएपनि त्यो उनको परिचय नभएको प्रहरीले जनाएको छ।

 

बार सञ्चालक सहित उनीहरुलाई सोमबार मोम्वास अदालतमा लैजाने तयारी रहेको स्थानीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। केन्या प्रहरीले यौन व्यवसायका लागि मानव तस्करीमा कडाई गरेको छ ।
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार