• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
अर्थ

सर्वोच्च शिखर सगरमाथासहित २० हिमालबाट रु ४५ करोड बढी रोयल्टी

काठमाडौं । यस वर्षको वसन्त ऋतुको हिमाल आरोहणबाट रु ४५ करोड भन्दा बढी रोयल्टी संकलन भएको जनाइएको छ । पर्यटन विभागको पर्वतारोहण शाखाका अनुसार शुक्रबारसम्मको अवधिमा रु ४५ करोड १३ लाख २७ हजार १९५ रोयल्टी जम्मा भएको छ ।


    
सर्वोच्च शिखर सगरमाथासहित २० वटा हिमाल आरोहणका लागि ७५ आरोही समूहका ६६७ आरोहीले आरोहण अनुमति लिएका छन् ।

 

 सबैभन्दा बढी सगरमाथा आरोहणमा ३१ आरोही समूहका ३३९ आरोही छन् । ल्होत्सेमा सात समूहका ६६, मकालुमा चार समूहका ५३, अमादब्लममा चार समूहका ४१, कञ्चनजङ्घामा चार समूहका ३२, अन्नपूर्णमा तीन आरोही समूहका २३ आरोही छन् ।


    
अघिल्लो वर्ष सन् २०१८ को यही मौसम (वसन्त ऋतु) मा सगरमाथासहितका हिमाल आरोहणका लागि १०७ आरोही समूह गएका थिए । तीमध्ये सगरमाथा आरोहणका लागि ३४ समूह गएका थिए । 

 

अनुकूल मौसमले यो वर्ष आरोहण उत्साहजनक हुने विभागका महानिर्देशक डण्डुराज घिमिरेले बताए । वैशाखको तेस्रो सातासम्म आरोही आउने भएकाले यो वर्ष आरोहीको सङ्ख्या बढ्ने अनुमान छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार