• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
खेलकुद

रैना र ताहिर चम्कँदा चेन्नई विजयी,कोलकता ५ विकेटले पराजित

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा चेन्नई सुपर किङ्सले कोलकता नाइट राइडर्सलाई ५ विकेटले पराजित गरेको छ । कोलकाताको घरेलु मैदानमा १ सय ६२ रनको लक्ष्य पछ्याएको चेन्नईले १९.४ ओभरमा ५ विकेटको क्षतिमा पुरा गर्यो । चेन्नईको जितमा नायक बनेका रैनाले ४२ बलमा ७ चौका र १ छक्का प्रहार गर्दै अविजित ५८ रनको मत्वपूर्ण योगदान दिए ।

 

यस्तै रविन्द्र जडेजाले १७ बलमा नटआउट ३१ रन जोड्दा चेन्नईले सहज रुपमा लक्ष्य पार गरेको थियो। बलिङमा कोलकाताका सुनील नारिन र पियुस चावलाले २–२ विकेट लिए ।

 

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको कोलकताले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ६१ रन बनाएको थियो । कोलकताका लागि ओपनर क्रिस लीनले ५१ बलमा ७ चौका र ६ छक्का प्रहार गर्दै ८२ रन बनाए पनि जितको लागि प्राप्त रहेन । लिनलाई १५ ओभरको पहिलो बलमा ईमरान ताहिरले सार्दुल ठाकुरबाट क्याच आउट गराए ।

 

लिनबाहेक अन्य सबै ब्याट्सम्यान सस्तैमा आउट भएपछि कोलकता विशाल लक्ष्य बनाउन चुकेको हो । कप्तान दिनेश कार्तिक १८,नितेश रानाले २१, आन्द्रे रसेल १० सुनिल नारायण २, सभमन गिल १५ र रोविन उथप्पा शून्यमा आउट भए । चेन्नईका लागि ईमरान ताहिरले घातक बलिङ गर्दै ४ ओभरमा २७ रन खर्चेर ४ विकेट लिए । त्यस्तै सार्दुल ठाकुरले २,मिचेल सान्टनेर १ विकेट हात पारेका थिए । 

 

चेन्नईले ८ खेलमा ७ मा जित र १ मा हारका साथ १४ अंक जोड्दै शीर्ष स्थानमा कायमै छ । कोलकता भने ८ खेलमा समान ४ मा जित र ४ मा हारका साथ अंक तालिकामा दोस्रो स्थानमा छ ।
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार