• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
मनोरञ्जन

चलचित्र ‘पसिना’ को पोस्टर सार्वजनिक

काठमाडौं । चलचित्र ‘पसिना’ को फस्टलुक पोस्टर सार्वजनिक भएको छ। । नयाँ वर्ष २०७६ को अवसर पारेर चलचित्रको ३ वटा पोस्टर सार्वजनिक गरिएको हो ।

 

 

मजदुरहरूको कथामा रहेर निर्माण भएको  चलचित्रको फस्टलुक पोस्टरमा कलाकार गौरव पहाडी, अनु शाह, सरोज खनाल ललगायतका कलाकार देखिएका छन् ।

 

आर.बि खत्री ‘शरद’ ले निर्देशन गरेको चलचित्रमा गौरव पहारी, अनु शाह, सरोज खनाल, सरोज अर्याल, रवि गिरी, ध्रुव कोइराला, शारदा गिरी, सुरजनी केसी लगायतका कलाकारको मुख्य भूमिका रहेको छ । 

 

 

बैशाख २७ बाट प्रदर्शनमा आउने चलचित्रमा राम केसीको छायांकन, राजनराज शिवाकोटी, दीपक शर्मा र धिरज राइको संगीत, नवीन निरौलाको सम्पादन तथा देव महर्जनको द्वन्द रहेको छ । 


 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार