• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
मनोरञ्जन

चलचित्र ‘दाल भात तरकारी’ को ट्रेलरमा बिदेश मोह (ट्रेलर सहित)

काठमाडौं । चलचित्र ‘दाल भात तरकारी’ को ट्रेलर सार्वजनिक भएको छ । चलचित्रको ट्रेलर दुई मुख्य कलाकार हरिवंश आचार्य र निरुता सिंह माथी केन्द्रित छ ।

 

‘दाल भात तरकारी’ मह संचारको प्रस्तुतिमा किरण केसीले निर्माण गरेका हुन् । चलचित्रलाई सुदन केसीले निर्देशन गरेका हुन् । सुदनको यो डेब्यू निर्देशन हो ।

 

ट्रेलरमा सिनेमाका मुख्य कलाकारहरुको विदेश मोहलाई देखाइएको छ । बिदेश जानका लागि हुने दौडधुपलाई कमेडीको माध्यमबाट चलचित्रको ट्रेलरमा देखाइएको छ । बिदेश जान जुनसुकै हतकण्डा अपनाउन तयार हुने  परिवारको कथा हो चलचित्र  ‘दाल भात तरकारी’ ।

 

वैशाख २० मा प्रदर्शमा आउने चलचित्रको कथा पटकथा र संवाद हरिवंश आचार्यले लेखेका हुन् । चलचित्रमा मित्र डी गुरुङको सम्पादन, शम्भुजित बास्कोटाको संगीत, कविराज गहतराज र प्रविण सिंहको कोरियोग्राफी, दिर्घ गुरुङको छायांकन रहेको छ भने प्रमिला आचार्य, यमन श्रेष्ठ, शिवहरी पौडेल नरेन्द्र कंसाकार लगायतले चलचित्रमा लगानी गरेका छन् ।  

 

चलचित्रमा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, निरुता सिंह, प्रियंका कार्की, पुष्प खड्का, आँचल शर्मा, बर्षा बस्नेत, किरण केसी, नरेन्द्र कंसकार, बसुन्धरा भुषाल लगायतका कलाकारको अभिनय रहेको  छ ।

 

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार