• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
प्रविधी

विश्वभर फेसबुक डाउन, इन्स्टाग्राम र ह्वाट्सएपमा पनि समस्या

एजेन्सी । विश्वकै सबैभन्दा ठूलो सामाजिक सञ्जाल फेसबुक इन्स्टाग्राम र ह्वाट्सएपमा समस्या देखिएको छ । विश्वभर नै यस्तो समस्या देखिएको समाचारहरु आएका छन् ।

 

फेसबुकले  फेसबुकको प्रयोगमा समस्या आएको कुरा ट्वीटरमार्फत जानकारी गराइएको छ । फेसबुकले व्यहोरेको यो नै अहिलेसम्मको सबभन्दा ठूलो समस्या भएको बताइएको छ । करिव १२ घण्टाअघि देखिएको यो समस्याको समाधान अझै हुन सकेको छैन ।

 

फेसबूक मात्र नभएर ‘फेसबूक म्यासेन्जर’ पनि चलेको छैन । यसअघि केहि महिना अघि पनि फेसबुकमा समस्या भएको थियो । यसअघि फेसबुकले अहिलेसम्म व्यहोरेको यो सबैभन्दा ठूलो समस्या रहेको बताइएको थियो ।

 

सर्भरमा समस्या देखिएकोले बन्द भएको फेसबुकले जनाएको छ । प्रयोगकर्ताले व्यहोरेको समस्याप्रति फेसबुकले माफि मागेको छ । 

 
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार