• शनिबार १-८-२०८१/Saturday 04-20-2024
राजनीति

 भ्रष्ट र भ्रष्टचारका सन्दर्भमा चुप लागेर बस्दिन : प्रभानमन्त्री ओली (पूर्ण पाठसहित)

काठमाडौं । नयाँ वर्षको अवसरमा राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले सबै नेपालीलाई शुभकामना दिएका छन्। शुभकामना दिने क्रममा प्रधानमन्त्री ओलीले पुरानो वर्षलाई बिदाई र नयाँ वर्षको स्वागत गरिरहँदा समयको महत्व बुझन् सुझाए ।

 

नयाँ वर्षको अवसरमा प्रधानमन्त्री निवास बालुवाटारबाट देशवासीलाई शुभकामना दिदै‌ं उनले सुशासनको शत्रु भ्रष्टाचार भएको भन्दै  ‘भ्रष्ट र भ्रष्टचारका सन्दर्भमा चुप लागेर नबस्ने –भ्रष्टचारीलाई कारवाही गर्दा हात नकमाउने दृढता व्यक्त गरे । विकास र समृद्धिको बाटोमा आफूहरुसँग समय छोटो रहेको हुँदा विकास र समृद्धि हासिल गर्न छिटो दौडनुको अर्को विकल्प नभएको बताए।  

 

गएको एक वर्षलाई स्मरण गरेका प्रधानमन्त्री ओलीले सरकारका तर्फबाट समृद्धिको यात्रामा राम्रा कामको संकेत मिलेको बताउँदै आगामी दिनमा आधार तयार भएका विभिन्न योजनाहरुले पूर्णता पाउने बताए। सम्बोधनको क्रममा सरकारका उपलब्धिको चर्चा  गरेका थिए।

 

एक वर्षमा के नै भयो भनेर निराशा व्यक्त गर्ने भन्दा पनि उनले  सरकारलाई प्रश्न सोध्ने तरिका फेर्न आग्रह गरे ।  यो वर्ष कति बाटो बन्यो, कति कानुन बने पानी जहाज कार्यालय खुल्यो  कहिलेबाट सञ्चालन हुन सक्छ ? सामाजिक सुरक्षाको अभियानले जेष्ठ नागरिक स्वास्थ्य बिमाबाट आमा बाबालाई कस्तो फाइदा हुन्छ ? जनतालाई कसरी लाभ हुन्छ ? अन्तर्राष्ट्रिय फोरममा भएको सहभागिताबाट  नेपालले के फाइदा पाउन सक्छ भन्ने जस्ता विषयमा प्रश्न सोध्न आग्रह गरे । उनले  अबको नेपालको एजेण्डा  शान्ति,एकता र विकास भएको समेत बताए ।

 

प्रधानमन्त्री रोजगार कार्यक्रम, नेपालको पानी, जनताको लगानी, खोलौं बैंक खाता अभियानको सुरुआतलाई उनले उपलब्धिको रुपमा व्याख्या गरे। नेपाली इमान भएको जाति हो भन्दै उनले भ्रष्ट र अनैतिक मान्छे नेपाली हुनै नसक्ने भएकाले अहिले देखिएको भ्रष्टाचार नियन्त्रणमा सरकार लागेको पनि प्रष्ट पारे। अब देशलाई अति कम विकसित मुलुकबाट विकसित मुलुकको रुपमा अघि बढाउन सरकार लागिरहेकाले त्यसमा सबैको साथ र सहकार्य जरुरी रहेको पनि बताए।

 

यु ए ईका प्रधानमन्त्रीको माई भिजन पुस्तकमा उल्लेखित विषयको दृष्टान्त दिदै प्रधानमन्त्री ओलीले मुलुक समग्र विकासमा पछि परेकाले विकासको गतिलाई अरुले भन्दा तिब्रता दिनुपर्नेमा जोड दिए । उनले मुलुकको विकासको गतिलाई  सिंह र हरिणको दौड जस्तै बनाउनुपर्ने बताए ।

 

सम्बोधनका क्रममा उनले एक बर्षमा आफुले मलुकका विभिन्न स्थानमा गएर ३ सय १४ वटा कार्यक्रममा सहभागी भएको  पनि सुनाए ।

 

दिदीबहिनी तथा दाजुभाइहरु

–कसैले निराशा पोख्न सक्छ– ‘यो एक बर्षमा के नै भयो र ?’ जिज्ञासु सबैलाई आग्रह गर्छु, आउनुस् हामी प्रश्न गर्ने तरीका नै फेरौं । सरकारलाई यसरी प्रश्न गरौं, यो वर्ष के के भए ?

 

 

  • यो वर्ष विधि निर्माणको वर्ष हो भनिएको थियो, कति कानुन बने रु कति संशोधन भए ?

 

  • कति किलोमिटर बाटो कालोपत्रे भयोरुकतिवटा पक्की पुल निर्माण गरियो ?

 

  • तुइन विस्थापन गरी पुल बनाउँदा के फाइदा भयो ?

 

  • पूर्व–पश्चिम रेलमार्गको डीपीआर त तयार भएछ, लिग बिछ्याउने काम चाँहि कहिलेबाट शुरु हुन्छ ?

 

  • पानीजहाज कार्यालय खुलेछ, सतह–जल यातायात कहिले र कहाँबाट चल्छ ?

 

  • पहिले नचलेका कतिवटा विमानस्थलअहिले सञ्चलनमा आएरुनेपाल भ्रमण वर्ष मनाईंदैछ, नेपालसँग अहिले आफ्नै हवाइजहाज कतिवटा छन् ?

 

  • नयाँ युगको शुरुवातको रुपमा थालिएको सामाजिक सुरक्षा कार्यक्रमले नागरिकको जीवनमा कस्तो प्रभाव पार्‍योरु आजैबाट शुरु हुने जेष्ठ–नागरिक स्वास्थ्य बीमा कार्यक्रमले हाम्रा आमा–बाबाहरुलाई के लाभ दिन्छ ?

 

  • ‘खोलौं बैंक खाता’ कार्यक्रम के हो रु यसले कसरी फाइदा पुर्‍याउँछ ?

 

  • काम र रोजगारीको अभियान कहाँ पुग्योरुप्रधानमन्त्री रोजगार कार्यक्रमले जनतालाई कसरी लाभ दिने भयो ?

 

  • ‘नेपालको पानी, जनताको लगानी’बाट देशलाई र स्वयं शेयर किन्ने व्यक्तिलाई के कति लाभ हुन्छ ?

 

  • छिमेकी मित्रराष्ट्रका साथै संयुक्त राष्ट्रसंघको महासभा र विभिन्न अन्तर्राष्ट्रिय फोरमहरुमा भएको हाम्रो सहभागिताले मुलुकले के के लाभ पाएको छ ?

 

मित्रहरु,

  • अबको नेपाली समाजको मूल प्रवृत्ति शान्ति, एकता र विकास हो । विकासको लागि सरकार के गर्दैछ तरुम ठान्दछु, आज नखोजिए, भोलि, भोलि नखोजिए पर्सी– यी प्रश्नहरु आफैं उत्तर बनेर जनताको जीवनमा आउँनेछन् । हाम्रा कामहरुले आफनो जीवनमा ल्याएको परिवर्तन जनताले स्वतः महसुस गर्नेछन् । प्रश्न सोध्नेका लागि सरकार, तथ्यरतथ्याङ्क सहित जवाफ दिन तयार छ ।

 

  • हाम्रो राष्ट्रिय आकांक्षा– ‘समृद्ध नेपाल, सुखी नेपाली’को केन्द्रविन्दू जनता र धर्ती९पिपुल र प्लानेट० हो । जनताको जीवनलाई सहज र सुखी बनाउने, र हामी रहने धर्तीलाई सुरक्षित राख्ने ।

 

  • समृद्धि, सुखको आधार हो । सुख भनेको न्यायोचित जैविक र मानवीय आवस्यकताहरुको सहज उपलब्धता हो । उच्च र दीगो उत्पादनरउत्पादकत्व, आधुनिक पूर्वाधार र सघन अन्तर आवद्धता, मानवीय पूँजी निर्माण तथा त्यसको पूर्ण उपयोग, उच्च र समतामूलक राष्ट्रिय आय समृद्धिको सूचक हो । समृद्धि अर्थात् सामजिक न्याय सहितको समुन्नति ।

 

  • ‘सुशासन, परिष्कृत तथा मर्यादित जीवन, सभ्य र न्यायपूर्ण समाज, स्वस्थ्य र सन्तुलित पर्यावरणीय पद्दति, सवल लोकतन्त्र, राष्ट्रिय एकता र सम्मान’ ‘सुखीपन’का सूचक हुन्। हामीले थालेको रोजगारी र लगानीका विभिन्न कार्यक्रहरु समृद्धिका हिस्सा हुन् । सुशासन समृद्धिको लागि पूर्वशर्त हो ।

 

  • सुशासनको शत्रु भ्रष्टाचार हो । ‘भ्रष्ट र भ्रष्टचारका सन्दर्भमा ‘मुखमा पानी हालेर नबोल्ने– भ्रष्टाचारीलाई कार्वाही गर्दा त्यसको मुख नहेर्ने’ मेरो दृढ सार्वजनिक घोषणा हो । भ्रष्टाचार र अनैतिकता हाम्रो संस्कार हैन । परम्परा हैन । हामी नेपाली मिहेनत र पसिनाको कमाइमा विश्वास गर्छौं । तामो–तुलसी छोएर वा कण्ठी समाउँदै धर्म भाकेर, बर–पिपल वा दोबाटाको चुच्चे ढुङ्गालाई साक्षी राखी गर्दिनँ भनेको काम÷कुरा नगर्ने इमान भएको जाति नेपाली हो । तसर्थ, भ्रष्ट र अनैतिक मान्छे आचरणले नेपाली होइन, हुनै सक्दैन । 

 

  • गएको साल, बेथिति र भ्रष्टाचार विरुद्धको अभियानको वर्ष पनि रह्यो । एकपटक सोचौं त– सुशासनकै संयन्त्रभित्र रहेर अवाञ्छित कार्यमा निर्लिप्त कुनै ओहोदावाल यसभन्दा अघि यस तह र व्यापकतामा कहिल्यै छानविनको दायरामा आएका थिएरु एक वर्ष अघिसम्म पनि,पहिलो रोजाइमा पर्ने स्थानहरु आज किन रोजाईमा परिरहेका छैनन्रु शंकाको घेरामा परेका र विगतमा अवाञ्छित कार्यमा संलग्न भनि गन्हाएकाहरु अहिले किन छट्पटिएका छन्रु अनपेक्षित ढंगमा तिनीहरु बुरुकरबुरुक उफ्रिंदै किन क्रिया÷प्रतिक्रिया दिइरहेका छन् । 

 

  • नयाँ वर्षको आजको दिन म भन्न चाहन्छु, मेरो नेतृत्वको सरकारले सुशासनका लागि चालेका कदमले नतिजा दिंदैछ । घरजग्गा कारोवारहोस् वा संगठित तस्करी,भन्साररअध्यागमनको विषय होस् वाहुण्डी कारोबार तथा विदेशी विनिमय अपचलन, नक्कली भ्याट बिल प्रकरणदेखि सबै प्रकृतिका अवाञ्छितरअनुचित कामको छानबिन जारी छ । जालझेल गरेर कब्जा गरिएका सरकारी जग्गाहरू धमाधम फिर्ता गरिँदै छन्, गरिँदै जाने छन् । राज्यको सम्पत्तिमाथि अनधिकृत दोहनलाई सरकारले छुट दिने छैन । ती कार्यको परिणामबाट परेको सकारात्मक असर सार्वजनिक नै छ । हामीलाई थाहा छ, भ्रष्टाचार विरुद्धको लडाइँ चुनौतीपूर्ण छ र यसले लामै समय लिन्छ । तर जुनसुकै मूल्य चुकाएर भए पनि र जति समय लगाएर भए पनि भ्रष्टाचारलाई उन्मूलन गरी छाड्ने अभियानमा म प्रतिवद्ध छु ।

 

  • बेथीति र भ्रष्टाचार विरुद्धको यस अभियानमा सबै तह र तप्काबाट पाएको समर्थन र सहयोगप्रति म आभार प्रकट गर्दछु ।यसमा सघाउने सबै अभियन्ता, सञ्चारमाध्यम र जागरुक नागरिकहरु विशेष धन्यवादका पात्र हुनुहुन्छ । यस वर्षलाई थप उपलब्धिमुलक बनाउन लागि पर्ने संकल्प फेरि एकपटक जाहेर गर्दछु ।

 

दिदीबहिनी तथा दाजुभाइहरु

  • समृद्धिको अर्को पूर्वशर्त शान्ति हो । वितेको वर्षमा मुलुकले राजनीतिक रुपमा महत्वपूर्ण उपलव्धिहरु हासिल गर्‍यो । 

 

  • अलग देश, अलग राष्ट्रिय झण्डा, अलग राष्ट्रियगान र अलग संविधानको अभियान चलाउँदै आएको समूहले नेपालको संविधान अनुरुप राजनीतिक क्रियाकलापमा सहभागि हुने घोषणा गर्नु सामान्य विषय होइन । यससँगै मुलुकबाट पृथकतावादको अन्त्य भएको छ भन्ने सुनाउन पाउँदा मैल सन्तोष अनुभव गरिरहेको छु ।

 

  • अहिले, विभिन्न आवरणमा सुरु गर्न लागिएको हिंसा र अतिवाद तथा त्यसमाथि आधारित आपराधिक गतिविधिलाई नियन्त्रण गर्ने राष्ट्रिय अभियान शुरु भएको छ । 

 

 

देशवासी दिदीबहिनी तथा दाजुभाइहरु,

  • मलाई मन परेको, युएइका प्रधानमन्त्रीले आप्mनो पुस्तक ‘माइ भिजन’मा चर्चा गरेको एउटा प्रसंग यहाँ स्मरण गर्न चाहन्छु स् ‘बिहान घाम झुल्केसँगै अफ्रिकाको जङ्गलको एउटा सिंह आफनो जिउ तन्काउँछ र सोच्छ, ‘यस जङ्गलको सबभन्दा छिटो कुद्ने हरिण भन्दा ढिलो कुदेँ भने म भोकै मर्छु । त्यसैले मैले सकेसम्म छिटो दौडनु पर्छ ।’ त्यसैगरी जङ्गलको कुनै कुनामा सुतिरहेको हरिण पनि ब्यूँझिन्छ र सोच्छ– ‘अहो ! अब मैले कुद्नु पर्छ, बेस्सरी कुद्नु पर्छ । यदी यस जङ्गलको सिंहभन्दा ढिलो भएँ भने म मारिन्छु । मैले बाँच्नु पर्छ ।’

 

  • पुरानो वर्षलाई विदाई र नयाँ वर्षको स्वागत गरिरहँदा आज म, समयलाई हेक्का राखौं भन्न चाहन्छु । हाम्रा सामु अनगिन्ती कामहरु छन् । मैले नेतृत्व गरेको सरकारको यसै कार्यकालमा हामीले हाम्रो मुलुकलाई ‘अतिकम विकसित मुलुक’को टिठलाग्दो हैसियतबाट उकास्नै पर्छ । सन् २०३० मा तोकिएको दीगो विकास लक्ष्य भेट्टाउनै पर्छ । यसको लागि हामी÷हामी बीचको दौड– प्रतिस्पर्धा अफ्रिकी सिंह र हरिणको जस्तै हुनु आवस्यक छ। जे गर्नुछ, हामीले यही एक दशकभित्र सम्पन्न गरिसक्नु पर्छ । आउँदो १०र११ वर्षपछि आजको युवा जनसंख्या बुढ्यौलीतिर ढल्कनेछ र हाम्रो विकासको जनसाङ्खिक लाभ सकिनेछ । हामीसित समयको सीमा छ, गर्नुपर्ने काम भने असिमित छन् ।

 

  •  समयको गति समाउन मैले पनि आफुलाई, यो तीब्र गतिको दौडमा सामेल गरिरहेको छु । प्रत्येक परिश्रमी नेपालीझैं मैले पनि आपूmलाई, हरेक दिन सामान्यतः विहान ६ बजेदेखि राती १२ बजेसम्म सक्रिय राखेको छु । मुख्य औपचारिक कार्यक्रमको मात्रै हिसाब गर्ने हो भने पनि गएको एक वर्षमा म, ३१४ वटा विभिन्न कार्यक्रममा सहभागि भएको छु । जनतासँगको सम्वाद कुनै न कुनै रुपमा जारी राखेको छु ।

 

  • सरकारको नेतृत्व सम्हालेपछि मैले, सडक–सञ्जालको हिसाबले लामो दूरीमा रहेको कर्णाली प्रदेशको राराबाट जनतासँगको सम्वाद यात्रा थालेको थिएँ । छोटो नै सही डोल्पा, हुम्ला, जुम्ला र सुर्खेतमा आपूmलाई अड्याएर तपार्इंहरुका भावना सुन्ने र मेरा योजना सुनाउने काम गरेँ। ६ वटा प्रदेशसभाहरुलाई सम्बोधन गर्ने क्रममा त्यहाँका जनप्रतिनिधिहरुसँग सम्वाद गरेँ । आज म यी सम्वादहरुको सकारात्मक परिणाम देखिरहेको छु ।

 

  • गएको साल, ‘दशैंसम्ममा दुनैलाई राष्ट्रिय सडक सञ्जालसँग जोड्छौं’भनेर गरिएको वाचापूरा हुँदा,त्यहाँका जनतालाई जस्तै मलाई पनि औधी खुशी लागेको छ । सिमीकोटमा सल्लाह गरे बमोजिम ताक्लाकोट हुँदै सीमापार गर्ने नाका व्यवस्थित गर्ने काम सार्थक भएकोछ । सीमानदी महाकालीमाथि कम्तिमा पनि झोलुङ्गे पुल चाहियो भन्ने दार्चुलाका दिदीबहिनी÷दाजुभाइहरुको माग कार्यान्वयन भएको छ  रअसुरक्षित नदी आरपारलाई सुरक्षित पार्ने हाम्रो अभियानमा मद्दत पुगेको छ ।

 

  • सडकको शिलान्यास वा यस्तै विभिन्न अवसर पारेर प्रदेश १ को पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी र धनकुटाका कार्यक्रममा सहभागी भएको छु । सिराहाको भेला र रौतहटको विशाल सभालाई सम्बोधन गरेको छु । तय भएको औपचारिक कार्यक्रमलाई बीचमै छोडेर अकस्मात आएको चक्रवातबाट पीडित बारा–पर्साका जनताको दुःख र पीडासँग आपूmलाई जोड्न पुगेको छु।व्यवसायिक स्याउ फार्मलाई प्रोत्साहित गर्न मनाङ पुगेको छु, जलविद्युत परियोजना शीघ्र सम्पन्न गराउन दोलखा पुगेको छु । यसरी वितेको एक वर्षमा जनतासँग सम्वाद गर्न ७७ मध्ये २९ जिल्लाहरुमा म स–शरीर नै पुगेको छु । कर्णाली र सुदुर पश्चिम प्रदेशको पहाडी भाग र तराईका अधिकांश भागमा रहेको फरकफरक प्रकृतिका असुरक्षित वस्ती व्यवस्थापनका लागि कार्यविधि लागू गर्न यी जिल्लाहरुको भ्रमणले सरकारलाई प्रेरित गरेको छ ।

 

  • यसरी गएको वर्ष, चुनौतिलाई चिर्दै, आशा र उत्साहका साथ हामीबाट विदा भएको छ । गएको वर्षले हाम्रो आत्मविश्वास थप सुदृढ बनाएको छ । साझा राष्ट्रिय आकांक्षा र सम्पन्न गर्नुपर्ने असंख्य कार्यसूचि सहित नयाँ वर्ष २०७६ ले हामीलाई स्वागत गरिरहेको छ । प्राकृतिक नियममा चलेर आउने वसन्तका लागि हामीले एक वर्ष प्रतीक्षा गर्नुपर्छ । तर सामाजिक विकासका नियम भने जटिल हुन्छन् । 

 

  • प्रकृतिमा जस्तै मानव समाजमा वसन्त आफै आउँदैन, यसलाई हासिल गर्नुपर्छ । मानव समाजमा वसन्त आगमन विभिन्न शक्ति र प्रवृत्तिद्वारा प्रभावित हुन्छ । तर नेपाली समाजमा पनि दीगो शान्तिको, सामाजिक न्यायसहितको समृद्धिको, लोकतन्त्र सहितको विकासको र सुखसहितको खुशीको वसन्त आउने कुरामा हामी ढुक्क छौं ।

 

  • हामीलाई वैचारिक रुपमा मार्गदर्शन गर्ने र अघि बढ्न प्रेरणा दिने सम्पूर्ण अग्रजहरुप्रति आदरभाव व्यक्त गर्दछु । 

 

  • यस नयाँ वर्ष सबै नेपालीका लागि थप सुखमय होस् । फेरि एकपटक हार्दिक मङ्गलमय शुभकामना । 

 

धन्यवाद ।

 

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार