• बुधबार १-१२-२०८१/Wednesday 04-24-2024
स्वास्थ्य

सरकारले माग पुरा गर्ने भएपछि चिकित्सकको आन्दोलन स्थगित

काठमाडौं । विगत नौ दिनदेखि आन्दोलनरत चिकित्कसकले आफनो आन्दोलनका सम्पूर्ण कार्यक्रम स्थगित गरेका छन् । शनिबार भएको सरकार र सरकारी चिकित्सकबीचको वार्तामा सरकारले माग पूरा गर्न समय मागे गरेपछि चिकित्कसकहरुले आन्दोलनका कार्यक्रम स्थगीत गरेका हुन ।  

 

चिकित्सकको दरवन्दी संघ अन्तर्गत राख्नुपर्ने माग राखेर आकस्मिकबाहेकका सेवा ठप्प पारेका सरकारी चिकित्सकहरु आइतबारदेखि काममा फर्किर्ने भएका हुन्  । 

 

आन्दोलन फिर्ता भएको घोषणा गर्नुपूर्व सरकारी चिकित्सकहरुले आइतबार १० बजे आकस्मिक भेला बोलाएका छन् । भेलामा सरकारी वार्ता टोलीले दिएको माग पूरा गर्ने आधारबारे छलफल गरेर सहमतिपछि स्थगनको घोषणा गरिने बताइएको छ । 

 

शुक्रबारदेखि अनिश्चितकालका लागि भन्दै सरकारी चिकित्सकहरु आकस्मिक बाहेकका सेवा बहिस्कार गरेर आन्दोलनमा उत्रिएका थिए । चिकित्सकहरु आन्दोलनमा उत्रिएपछि लाखौं बिरामी बिचल्लीमा परेका छन् ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार