• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
राजनीति

नेकपाबाट मात्रै विकास र समृद्धि सम्भव छ : प्रवक्ता श्रेष्ठ

गोरखा । नेपाल कम्यु निष्ट पार्टी(नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले देश आर्थिक समृद्धिको दिशामा अघि बढिसकेको बताएका छन ।

 

 गोरखाको बारपाक सुलीकोट गाउँपालिका–३ स्वाँरामा आज आयोजित सिद्धगुफा मेला एवं सांस्कतिक कार्यक्रमको उद्घाटन कार्यक्रममा बोल्दै प्रवक्ता श्रेष्ठले यस्तो बताएका हुन ।

 


वर्तमान नेपाल कम्युनिष्ट पार्टी नेतृत्वलाई जनताले सरकारको नेतृत्व गर्न मात्र नभई देशको विकास र परिवर्तनको समेत नेतृत्व गर्न पठाएकाले सरकार त्यही दिशामा अघि बढेको उनले बताए ।

 

देशमा प्राप्त राजनीतिक उपलब्धिलाई संस्थागत गर्दै अब आर्थिक क्रान्ति गर्ने बेला भएको भन्दै उनले नेपाल कम्युनिष्ट पार्टीको नेतृत्वमा गठन भएको सरकारबाट मात्र विकास र समृद्धि सम्भव हुने दाबी गरे ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार