• शनिबार १-८-२०८१/Saturday 04-20-2024
विचार

अपेक्षामा बित्यो २०७५

देवी सापकोटा 

भोलीबाट हाम्रो क्यालेन्डर नयाँ आउने छ । थप नयाँ उत्साह र जोश सहितको क्यालेन्डरले हाम्रो दैनिकीमा उर्जा थप्ने छ भन्ने कामनाका साथ योजनाहरु बन्नेछन । फेरिएको भित्ताको क्यालेन्डरले निती निर्माताहरुमा पनि उर्जा थपियोस ।

 

२०७५ सालमा नेपलीले धेरै उच्चारण गरेको शब्द हो ‘समृद्धी ’ । अबका बर्षमा समृद्धीको अनुभूति सबै नेपालीले गर्न पाए भने मात्रै यसको सार्थकता रहनेछ । जसका लागि हामीले चुनेका प्रतिनीधीहरुले जनतामाझ गरेका प्रतिवद्धतालाई साँचो अर्थमा काम गरेर देखाउनु पर्छ । अब जनतासँग धैर्य गर्ने सामाथ्य छैन । दशकौंसम्म राजनीतिक परिर्वतनको नाममा होमिने फूर्सद पनि यहाँ कसैलाई छैन । 

 

सरकारले एक पछि अर्को गर्दै ठूला परियोजनामा काम गर्ने बचन आम जनतामाझ बाडदैं आएको छ । भर्खरै सम्पन्न लगानी सम्मेलनका बारे मिश्रत प्रतिकृयाहरु आए । लगानी सम्मेलनमा ठूलो रकमको प्रतिबद्धता हुने तर लगानी नआउने बिगतमा भएका घटना नदोहोरिनु भन्नका लागि सरकारले पनि चासो दिन जरुरी छ । घोषणा हुने काम सम्पन्न नहुने बिगतका रोग बल्झीन नदिन सरकार चनाखो हुनै पर्छ । ती काम नतिजा मुखी बनेन भने स्वयम सरकार माथी नै प्रशन उठ्ने छन त्यसैले पनि यस तर्फ हाम्रा शासकहरुको ध्यान जान जरुरी छ ।

 

ठूला र राष्ट्रिय गौरवका योजनाहरुलाई प्रभावकारी कार्यान्वयन, पुराना योजनाहरुको सफल कार्यान्वयन हुनुपर्ने हो । जसले गर्दा भोलीका दिनमा जनताले प्रश्न गर्ने ठाउँ नरहोस । पछिल्लो समय युवा जमातको आर्कोस चुलिएको छ । कहिलेसम्म परिर्वतनको र आधारभूत आवश्यकताको लागि दौडिरहने । ठूला–ठूला राजनीतिक परिर्वतनमा होमिएको युवा जमातले अफ्नो लागि पनि स्पेस खोजिरहेको छ ।

 

देशको व्यवस्था परिर्वतनमा दशकौं खर्च गरेको पाको पुस्ता अहिले पनि युवालाई राजनीतिमा अवसर दिन चाहेको छैन । अबका दिनमा युवालाई ठाउँ दिन सकियो र युवामैत्री क्रियाकलाप अघि बढे भने मात्र नेपालका युवा देश मै रहेर उद्यम संगसंगै राजनीति गर्ने थिए होइन भने पाको पुस्ताले नै शासन र देशको ढुकुटीमा हालिमुहाली चलिरहने छ । यसले पाको पुस्तालाई त फाइदा पुग्ला र पुगी नै रहेको छ तर युवामा आर्कोस बढने छ ।

 

पछिल्लो समय केहि युवाहरु राजनीतिको मूलधारमा आउन प्रयासरत छन । सधै परिर्वतनका लागि लड्ेको इतिहासको भारी बोकेर युवा जमातलाई पाखा  लगाउन खोज्नु भनेको अघिल्लो पुस्ताको लागि पनि चुनौतिको विषय हो । युवा जमातले गाउँ बस्तीबाट संगठन बिस्तारलाई मजबुद बनाएर अगाडि बढ्न खोजेको दृश्यहरुले पनि के प्रष्ट हुन्छ भने अब युवाले हस्तक्षेपकारी भूमिकामा आफूलाई उभ्याउन खोज्दै छ ।  त्यसैले पनि अहिलेको नेतृत्वले आफूले पाएको जिम्मेवारीलाई सहि सदुपयोग गर्ने सकेन भने उनीहरुको राजनीति यात्रा जोखिममा छ भन्ने कुरा हेक्का राखे हुन्छ ।  

 

राज्यको पुर्नसंरचनासंगै देश यतिवेला संघीयतामा अघि बढिरहेको छ । स्थानीय सरकारले काम सुरु गर्दै गर्दा प्रशासनिक खर्च मै देशको ढुकुटी सकिने त होइन भन्ने एकथरी विज्ञहरुको बुझाई छ । एकपछि अर्को गर्दै स्थानीय प्रतिनिधीहरुको सेवा सुविधा र विलासी जीवनशैलीले आर्थिक रकमको सही सदुपयोग नहुने देखिन्छ । त्यसैले राजनीतिक दलले चुनावका बेला प्रस्तुत गरेका आर्थिक नारालाई सार्थकता दिन ढिला भइसक्यो ।

 

‘विकासको आधार निर्माण भयो अब तीब्र विकास हुन्छ’ भन्ने प्रधानमन्त्रीको भनाईले आम नेपालीमा आशा जगाएको छ । यो आशा निराशामा नबदलियोस । यही शुभकामना !

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार