• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
रंगमञ्च

किरणले बुझेको ‘जोखना’ 

जोखनाको बारे
‘जोखना’ भुत, वर्तमान र भविष्यमा भएका घटनाको स्थिती छुट्याउने प्रक्रिया हो । जोखना हेर्ने काम धामीले गर्छन र जोखनाले राम्रो र नराम्रो महशुस गराउँछ । जोखना सम–सामाहिक छ किनभने हामी सबैको जोखना बिग्रिरहेको छ अथवा भनौं जोखनाले जे छुट्टाउनु पर्ने थियो, त्यो छुट्याउन सकेको छैन । फेरी यसको पछाडि धेरै लामो कुराहरु हुनसक्छन् जस्तै राजनीतिक, साँस्कृतिक । कसरी हाम्रो सांस्कृतिक बिचलनहरु भए । एउटा सानो द्धन्द्धको कारणले गर्दा हाम्रो राजनीतिक र सांस्कृतिक कुराहरु कसरी पिछाडिएर गए । त्यो कारणले पनि हाम्रो जोखाना बिग्रिदै आएको हो जस्तो लाग्छ । अब अहिले कुरा नै गर्ने हो भने त्यसैपनि जोखना बिग्रिरहेको अवस्थामा नै छ । जोखना किन मिलिरहेको छैन भनेर पनि बहस हुनु जरुरी छ । 

 

अहिले देशमा जति परिवर्तनहरु भए ती मान्छेहरुका आफना अधिकारका कुराहरुका लागी भए ।  हुन त कसैलाई पनि जति भए पनि पुग्दैन । यो भएन त्यो भएन भन्ने नाराहरु लगाए पनि एउटा क्षेत्रमा मात्र यसको बहस भयो हाम्रो सांस्कृतिक पाटोबाट कहिले पनि यसको बहस भएन । त्यले कति असर पर्यो त । दशवर्ष युद्धको समय मलाई अहिले पनि सम्झना छ । गाउँमा ठुलाठुला मेला लाग्थ्यो, राईहरुको ठुलाठुला चाडहरु हुन्थे । युद्ध पछि यी सबै कुराहरु हराएर गए । सांस्कृतिक रुपले सबै तहसनहस भए । गाउँमा मान्छेहरु भेला हुन छाडे र मेला लाग्न पनि छाड्यो । त्यसको असर हामीले अहिलेसम्म भोगीरहेका छौं, जुन कुरा जोखानामा देखाउन खोजिएको छ । 

 

जोखना सशस्त्र द्धन्द्धमा बेपत्ता नागरिकको पारिवारिक पीडाको विस्तृति हो । यो मुन्धुमी संस्कृतिको रङमा छ । दश लामो द्धन्द्धमा सत्र हजारको ज्यान गयो । हजारौं बेपत्ता छन् पीडा सबैको उस्तै भए पनि किराँत समुदाएको रंङ दिइएको यो नाटक आफैमा नेपाली रंगमञ्चको लागी एउटा उदाहरण हो । कथाको बहाव,पात्र मनोबिज्ञान र घटनाको उतारचढाव अनुसारको प्रकाश र ध्वनीको लय उत्तिकै प्रशंसायोग्य लाग्छ । 


 

किन हेर्ने 
जोखाना किन हेर्ने भन्ने प्रश्नको ठ्याकै उत्तर त मसंग छैन, तर यसमा के हुनसक्छ भने यो नेपालले अहिले जुन राजनीतक स्थीरता भोगिरहेको छ, त्यो अहिले जोखनाले बोल्छ । हाम्रो यो मुन्धुमी संस्कृतिका कुराहरु जोडेर मात्र कथाहरु जोडेको हो । तर जसन यसमा कथा भनिइएको छ त्यो आम नेपालीको कथा भनिएको छ । यो होइन कि नाटक राई सांस्कृतिको रहेछ त्यसैले आम मान्छेहरु आउँदैनन् होला भन्ने छैन । नाटकलाई सबै समुदाएका मान्छेहरुले मन पराउनु भएको छ । मैले यसमा एउटा मेटाफोर मात्र प्रयोग गरेको छु । जुन एउटा बिम्वले सारा कुराहरु बोल्छ । अहिले पनि बति बेपत्ता छन् त्यो तपाई हामीलाई मात्र असर परेको होइन । आम नेपाली यसको असर परेको छ । त्यो बेलामा आम नेपालीको सांस्कृतिहरु तहसनहस भएको नै हो । अहिले पनि म आफैले त्यो नियती भोगिरहेको छु जस्तो लाग्छ । मलाई आफनो भाषा बोल्न आउँदैन । राम्रोसँग सकेला नाच्न आउँदैन । 

 

देशमा धेरै घटनाहरु भए जस्तै नाकाबन्दी, प्राकृतिक प्रकोप लगाएतका कुराहरु भए तर हामीलाई अझै पनि देशमा केही परिवर्तन होला कि भन्ने आशा छ । राजनीतिक अवस्थामा सुधार आउँछ कि भन्ने आशा छ । राजतन्त्र गयो अब देशमा ठुलै परिवर्तन हुन्छ भन्ने आशामा हामी रह्यौं तर केही भएन । अझै पनि हामीलाई आफ्नो नाम र ठेगाना सोधेर बस्नुपर्छ र जोखानाले पनि यीनै कुराहरुको मुद्धा उठाएको छ । 

 

 

बनाउँदाको दुख 
यो पटक मैले आफै केही गरु न त भनेर हेर्न खोजेको पनि हो । अन्य वर्कशपमा गरेको भन्दा अलि फरक ढंगले मैले यो नाटकको तयारी गरे । एक महिना अगाडी देखि नै म्युजिक कोरियोग्राफि पनि गराए र नाटकको डिजाइन पनि बनाए र यो नाटक मैले अरु भन्दा अलि फरक किसिमले बनाएको छु । नाटकको रिहर्सल हुन्थ्यो र कमजोरीहरु देखियो भने त्यसलाई परिवर्तन गरिन्थ्यो । यो नाटक निर्देशन गर्दा त्यति तनाब भने भएन, काम रमाइलो नै भयो । 
 

 

सोचेको भन्दा राम्रो 
मैले सोचेको भन्दा राम्रो नै भयो । यसमा नाटक यस्तो चल्छ होला भन्दा पनि आफुले आफनो काम इमान्दारीका साथ राम्रोसंग गर्ने हो । कामा शत प्रतिशत दिएर आफु सन्तुष्ट हुने हिसाबले काम गर्ने हो । म दर्शकले यो मन पराउँछ भन्दा पनि आफुले दर्शकलाई कसरी राम्रो बनाएर दिन सक्छु भन्नेतिर धेरै केन्द्रित हुन्छु । त्यो हिसबाले काम गरेको हुनाले नै आज ‘जोखना’ ले सोचेको भन्दा राम्रो गरेको छ । हाम्रो आफनै कुराहरुलाई कसरी मौलिक ढंगबाट नाटकमा देखाउन सकिन्छ भनेर पनि गर्न खोजिएको हो । त्यो सफल पनि भयो र दर्शकले त्यसलाई मन पराउनु भयो ।

 

 

जोखनाको आम्दानी 
यसमा अहिलेसम्म यती उती भन्ने थाहा छैन । अहिलेसम्म राम्रो नै छ । कलाकारहरुलाई पनि हामीले उठे अनुसार दिने भन्ने शर्तमा काम गराइरहेका छौं । हाम्रो दुई हप्ताको शो ले करिब करिब हल भाडा र अन्य खर्चहरु उठाइसकेको छ । 

 

प्रस्तुति : सुकृत नेपाल

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार