• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
मनोरञ्जन

मेरो र आलियाको जोडि शाहरुख र काजोलको जस्तै : वरुण धवन

मुम्बई । जति म आफ्नो परिवारसँग भेट्छु त्यो भन्दा धेरै म आलियासँग भेट्छु । मेरो र आलियाको जोडिलाई दर्शकहरुले पनि हेर्न रुचाउँछन् । फिल्ममा मात्र नभएर बाहिर पनि हामी एकदमै मिल्ने साथी हौं । मलाई अहिले पनि सम्झना आउँछ कि उ बच्चादेखि नै फिल्म भने पछि हरुक्कै हुने र फिल्मलाई त्यति नै माया गर्ने । उसलाई नृत्य र अभिनयमा धेरै नै चाहना छ । 

 

 

प्रदर्शनको तयारीमा रहेको फिल्म ‘कलंक’ का मुख्य कलाकार हुन वरुण धवन । उनलाई आलियाको बारेमा कुनै प्रश्न गर्यो भने उनको जवाफ हुन्छ, हाम्रो जोडि धेरैले मन पराएको जोडि हो । उनीहरुको जोडीलाई शाहरुख खान र काजोलको जोडि पनि भनिन्छ रे । वरुणले भन्छन्, ‘हामी दुईबीच एउटा साथीत्वको सम्बन्ध मात्र भएको हुनाले हाम्रो क्यामेस्ट्रिलाई धेरैले रुचाउँछन् ।’ 

 

शाहरुख–काजोल पनि चर्चित थिए किनकि उनीहरुको बीचमा पनि एउटा साथीको सम्बन्ध मात्रै थियो। कयौंपटक अभिनेता र अभिनेत्री बीच फिल्म सुटिङको क्रममा प्रेम सम्बन्ध बसेको हामी सुन्छौं । उनीहरु संगै काम गर्छन र कुनै मनमुटाव भएमा काम गर्न छोडछन् तर साथीको सम्बन्धमा भने यस्तो मनमुटाव हुँदैन । 


 

 

फिल्म ‘स्टुडेन्ट अफ द इयर देखि लिएर ‘कलंक’ सम्म आउँदा करण जोहरमा कस्तो परिवर्तन पाउनुभयो
उहाँ बाहिरबाट हेर्दा ठिकै, मायालु स्वभावको देखिनुहुन्छ तर जब उहाँका दुई बच्चाहरु भए त्यसपछि अलि भावुक हुनु थाल्नुभयो । अहिले जे गर्नु हुनछ पहिला जस्तो सोचबिचार नगरी गर्नु हुन्न । उहाँको सफलताको कारण पनि यही नै हो । 
 

 

तपाई बलिउडमा चर्चित हुनुहुन्छ र तपाईको फिल्म खासै फल्प पनि भएको छैन तर पनि मल्टिस्टार फिल्म ‘कलंक’ नै किन ?
मेरो सोचाई भनेको फिल्मलाई दर्शकले मन पराउनु पर्छ भन्ने हो । कयांैपटक फिल्मले राम्रो अंक र पैसा पनि कमाउँछ तर मन पराइएको भने हुँदैन । राम्रो फिल्ममा काम गरे आफ्नो भागको सफलता र दर्शकहरुको माया आफैंले पाउने हो । यसै पनि कलंक ठुलो बजेटको फिल्म हो र हामीलाई यो जरुरी छ कि फिल्मको राम्रो कमाई होस् । ‘कलंक’ एउटा हिट फिल्म बनोस् र एउटा आकडालाई पार गर्न सकोस् भन्ने जरुरी छ । मलाई जहाँसम्म लाग्छ कि फिल्ममा मैले कहिले पनि बच्ने काम गरिन । मलाई हरेकपटक जोखिममा नै फिल्म गर्न मन लाग्यो । अब हेरौं यसपटक के हुन्छ । 
 

 

फिल्म ‘बदालपुर’ पछि तपाई कहिले त्यस्तो भुमिकामा देखिनुभएन, के ‘कलंक’ ले त्यो कमिलाई पुरा गर्छ ?
हजुर, मलाई कलंकमा आफनो भुमिका फिल्मको कथाले गर्दा मन परेको हो । फेरी फिल्ममा मैले गरेको भुमिका धेरै हिम्मत देखाउने खालको छ । यसमा बुलफाइट पनि छ । यसबाट दर्शकलाई मेरो बदलापुरको लुकको सम्झना आउन पनि सक्छ । तर यो साँचो हो कि मलाई बदलापुर पछि त्यसतो भुमिका भएको फिल्मको खासै अफर आएका छैनन् । 
 

 

तपाई बिवाह पछिको सम्बन्धलाई कत्तिको साँचो वा झुटो मान्नुहुन्छ ?
गल्ती गर्नु भनेको कुनै पनि सम्बन्धलाई लामे समय पटिक्न नदिनु हो । ‘कलंक’ मा पनि रुपले म सँग भन्छिन् उनीसँग गुमाउन केहि बाँकी छैन । मैले पनि भन्छु मलाई पनि कहाँ तिमिसँग बिवाह गर्नुछ भनेर । कयौंपटक तपाई सम्बन्ध बनाउनु हुन्छ ठिकै चलेको हुन्छ तर के तपाइलाई साच्चिकै प्रेम भएको हुन्छ । जब माया बस्छ तब तपाइलाई एउटा सपना जस्तो लाग्छ र ती सपनाले तपाइलाई धेरै काम गराउन थाल्छ । भौतिक धोका त तपाई सहन सक्नुहुन्छ तर जुन धोका भावनात्मक रुपबाट हुन्छ त्यो तपाई सहन सक्नुहुन्न ।
 

 

फिल्म ‘कलंक’ ले चालीसौं दशकको समयलाई दर्शाएको छ भन्ने सुनिन्छ र यसले केही बिभाजनहरु पनि देखाएको छ रे । यसको बारेमा के भन्नुहुन्छ ?  
हामी सबैलाई थाहा छ कि यो विभाजित दुनियाँ मध्यको सबैभन्दा दुखद बिभाजन मानिन्छ । यसमा कत्तिले आफनो ज्यान गुमाउनु पर्योे र कति नोक्सान भयो ।  तर कलाकारको रुपमा मैले यसलाई जान्ने र बुझ्ने भन्दा पनि त्यो समयमा बच्नु थियो । यो कथा पुरै बिभाजनको मात्रै बिषयमा छैन किनकी यसमा विभाजितलाई पृष्ठभुमिमा रखिएको छ ।

साभार : वेभ दुनियाँ 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार