• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
अर्थ

विद्युत् प्राधिकरणको नाफा तीन अर्ब,कुलमानको व्यवस्थापकीय कुशलता

काठमाडौं ।  नेपाल विद्युत् प्राधिकरण गत आर्थिक वर्ष २०७४÷७५ मा  करीब रु तीन अर्ब  खुद नाफा गर्न सफल भएको छ ।

 

  विद्युत् चुहावट नियन्त्रण तथा तथा संस्थागत सुधारमा ध्यान दिइएका कारण प्राधिकरणको नाफा बढेको हो । महालेखा परीक्षक कार्यालयले गरेको अन्तिम लेखा परीक्षणमा प्राधिकरणको खुद नाफा रु दुई अर्ब ८४ करोड ८१ लाख देखिएको हो । 

 

कार्यकारी निर्देशक कुलमान घिसिङले गत भदौमा आव २०७४÷७५ मा रु एक अर्ब एक करोड खुद नाफा आर्जन हुने प्रक्षेपणसहितको वार्षिक प्रतिवेदन सार्वजनिक गररेका थिए ।


विसं २०७३ भदौ मसान्तमा घिसिङ कार्यकारी निर्देशकमा नियुक्त हुँदा प्राधिकरण रु आठ अर्ब ८९ करोड खुद नोक्सानीमा थियो ।

 


 उनको व्यवस्थापकीय कुशलताबाट मुलुकबाट विद्युत्भार कटौती अन्त्य मात्रै नगरी घाटामा रहेको प्राधिकरणलाई नाफामा लैजान पनि सफल भए ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार