घट्यो सुनको भाउ
काठमाडौं । नेपाली बजारमा साताको अन्तिम दिन आज सुनको मूल्य ६ सय रुपैयाँले घटेको छ ।
छापावाल सुनको शुक्रबार प्रतितोला ५९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार सुन बिहीबार भने तोलाको ६० हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
महासंघका अनुसार चाँदीको भाउ पनि अघिल्लो दिनको तुलनामा १० रुपैयाँ घटेको छ । चाँदी शुक्रबार प्रतितोला ७ सय २० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार ७ सय ३० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
सम्बन्धित समाचार
प्रतिकृया दिनुहोस