• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
मनोरञ्जन

नयाँ वर्षको उपहार ‘यात्रा’ र  ‘ए मेरो हजुर–३’

काठमाडौं । आज शुक्रबार नयाँ वर्षको छेको पारेर  दुईवटा चलचित्र प्रदर्शनमा आएका छन् । चलचित्र  ‘यात्राः अ म्युजिकल भ्लग’ र  ‘ए मेरो हजुर–३’ प्रदर्शन भएका हुन ।

 

 ‘यात्राः अ म्युजिकल भ्लग’

चलचित्रमा माया, प्रेम, कमेडी, द्वन्द्वलगायतका का बिषय उठाइएको छ । चलचित्र म्युजिकल जर्नीमा आधारित रहेको छ।  सलिनमान बनियाँ, मल्लिका महत, सलोन बस्नेत, जान्वी बस्नेत, जय नन्द लामा, रेअर राई, प्रेक्षा बज्राचार्य, धिरेन शाक्य, राजाराम पौडेल, विशाल कटवाल, समृद्धि राई, योगेश जंग कुँवर, इश्वर पौडेल, नानीकाजी डंगोल, राजेश बिसुराल, इश्वर पौडेल, बिशाल पहाडी, प्रजोल भट्टराई, देशभक्त खनाल, कमल मैनाली, सौगात शर्मा लगायतका कलाकारको अभिनय रहेको छ । 

 

कोटकी कालिका देवीफिल्म्स प्राइभेट लिमिटेड , क्रिएटिभ फिल्म प्रोडक्सन र हरि ओम सिने मेकर्सको ब्यानरमा निर्माण भएको सिनेमाका प्रस्तुतकर्ता केशव भट्टराई र चिज कुमार श्रेष्ठ हुन् । चलचित्रमा बिक्रम पराजुली, मुक्ति तिम्सिना र राम शरण घिमिरे सह निर्माताको रुपमा रहेका छन् ।

 

म्युजिकल जर्नीमा आधारित रहेको चलचित्रका निर्माता सुशील पोखरेल र कार्यकारी निर्माता सर्जुमान लिगल हुन् । चलचित्रमा सञ्जय लामाको छायांकन, कविराज गहतराज र प्रविन सिंहको कोरियोग्राफी, हिमाल केसीको द्वन्द, संगीतकार शम्भुजित बास्कोटा, प्रतिक पौडेल र कोविद बज्रको संगीत, बनिश शाहको सम्पादन रहेको छ ।  

 

‘ए मेरो हजुर–३’

अभिनेत्री झरना थापाले छोरी सुहाना थापालाई ‘ए मेरो हजुर–३’ चलचित्रमार्फत नेपाली सिनेमा क्षेत्रमा डेव्यू गराउँदै छिन् ।

 

अनमोल र सुहानासँगै अपर्ण थापा, सलोन बस्नेत, रविन्द्र झा, सरोज खनाल लगायत कलाकारहरुको चलचित्रमा अभिनय रहेको छ । ‘ए मेरो हजुर–३’लाई झरना थापाले निर्देशन गरेकी छन् । चलचित्र म्युजिकल लभ स्टोरी हो ।

 

चलचित्रमा सुमन पौडेलको पटकथा तथा  छेतन गुरुङ, बाबुराम दाहाल, सुमन पौडेल र प्रतिक पौडेलको संवाद रहेको छ ।  आशिष अविरल, कल्याण सिंह, कोशिश क्षेत्री, पुष्पन प्रधान लगायतले चलचित्रमा  संगीत भरेका छन् भने कविराज गहतराज, रामजी लामिछाने, प्रविन सिंह, राहुल शाहको कोरियोग्राफी रहेको छ ।

 

चलचित्रलाई दिर्घ खड्काले सम्पादन गरेका हुन । त्यस्तै हिमाल केसीको द्वन्द तथा संजय लामा, सुदिप बराल र शम्भु मोक्तानको छायाँकन रहेको छ ।
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार