• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
राजनीति

सुरक्षा खतराको सामना गर्न नेपाली सेना सक्षम छ : प्रधानमन्त्री ओली

भक्तपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा विद्यमान सुरक्षा चुनौती र भविष्यमा समेत उत्पन्न हुन सक्ने विविध सुरक्षा खतराको सामना गर्न नेपाली सेना सक्षम भएको बताएका छन।

 

 नेपाली सेनाको सैनिक शिक्षालयमा आज भएको नेपाली सेनाका सिसं ५७ अधिकृत क्याडेट र सिसं ४७ पदिक हुद्दा क्याडेट तालीमको आयुक्त पद प्रदान कार्यक्रममा सम्बोधन गर्दै उनले हाम्रो सेनालाई २१आँै शताब्दीको आधुनिक सेनाका रुपमा विकास गर्दै लैजान जरुरी रहेको बताए ।


उनले राष्ट्रिय एकता र राष्ट्रिय हितको संरक्षण गर्ने कार्यमा नेपाली सेनाले विगतदेखि नै उल्लेखनीय कार्य गरेको बताए ।

 

नेपाली सेनाको सहायक सेनानी दर्जामा नियुक्त भएका आयुक्तमा कमाण्डरका रुपमा नयाँ जिम्मेवारी थपिएको र आफ्नो जिम्मेवारी सदैव सजग, सतर्क र कर्तव्यनिष्ठ भएर निर्वाह गर्ने विश्वास लिइएको उनले बताए । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार