• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
राजनीति

विष्णु पौडेल अपराधी होइन, ठगिएका हुन् : सरकार प्रवक्ता

काठमाडौं । सरकार प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेपाल कम्युनिष्ट पार्टीका महासचिव विष्णु पौडेल जग्गा खरिदमा ठगिएको बताएका छन् ।

 

बिहीबार मन्त्रालयमा आयोजित  पत्रकार सम्मेलनमा उनले बालुवाटारको सरकारी जग्गा खरिद् प्रकरणमा मुछिएका पार्टी महासचिव विष्णु पौडेल जग्गा किन्दा ठगिएको भनेर बचाउ गरे। ‘उहाँ फर्जीमा संलग्न भएको होइन र अपराधी पनि होइन, जग्गा रहेछ नक्कली ठगीमा पर्नुभयो,’ उनले भने, ‘जसले जग्गा किन्यो त्यो संलग्न हुँदैन । उहाँलाई झुकाएछन् । ’ 

 

'सक्कली जग्गा भनेर किनेको नक्कली परेछ, यससम्बन्धमा विज्ञप्ति निकालेर उहाँले प्रकाश पारिसक्नुभएको छ,' उनले भने । सरकारले उक्त जग्गा रोक्का गरिसकेको बाँस्कोटाले बताए।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार