• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
स्वास्थ्य

चिकित्सक आन्दोलन जारी, अस्पताल बाहिरै उपचार

काठमाडौं । काठमाडौंका वीर, ट्रमा सेन्टर, प्रसूति, कान्ति, शुक्रराजलगायत अस्पतालमा शल्यक्रियाका लागि पालो कुरेर बसेका बिरामीले भने सेवा पाउन सकेनन् । सरकारी चिकित्सकले गरेको आन्दोलनका कारण अस्पताल आएका बिरामी उपचार नपाएर प्रभावित भएका छन् ।

 

कर्मचारी समायोजन विधेयक सच्याउन माग गर्दै सरकारी चिकित्सक संघ ९गोदान० ले आकस्मिक बाहेकका सम्पूर्ण सेवा ठप्प पारेका हुन । गोदानले चिकित्सकहरूलाई संघीय सरकारको मातहत हुने गरी प्रदेश र स्थानीय तहमा परिचालन गर्नुपर्ने माग गरेको छ। यो माग पूरा नभएसम्म चिकित्सा सेवा बहिष्कार गर्ने निर्णय संघले गरेको छ।

 

एक सातादेखिको आन्दोलनले सरकारी अस्पताल अस्तव्यस्त बनेका छन् । गत शुक्रबारदेखि अनिश्चितकालका लागि भन्दै आन्दोलन सुरु भएसँगै बिरामी उपचारबाट वञ्चित भएका छन् । आन्दोलनका कारण बिरामी मर्कामा परेपछि बुधबार बिहानै वीर अस्पतालमा प्रहरीले ओपीडीको टिकट खुला गरेको छ ।

 

यसक्रममा भएको मुठभेडमा केही चिकित्सक घाइते भएका छन् । ओपीडीको टिकट खुलेपछि बिरामीले टिकट त काटे तर उपचार गराउन भने पाएनन् । बिरामीको यस्तो अवस्था देखेपछि चिकित्सकहरु अस्पतालबाहिरै बसेर बिरामी जाँच्न तयार भए, सरकारी चिकित्सक संघको छाप लगाएको पेपरको प्रयोग गरेर ।

 

सरकारी चिकित्सक संघ (गोदान) का अध्यक्ष डा.दीपेन्द्र पाण्डेले सरकारले बल प्रयोग गरेर आफूहरुलाई कमजोर पार्न नसक्ने भन्दै अब देशैभर अस्पताल बाहिर बसेर उपचार गर्ने बताए । यद्यपि वीर अस्पतालमा लगाएको ताला प्रहरी लगाएर खोलिएपछि चिकित्सकहरुले अस्पताल बाहिर (प्रांगण) बाटै सेवा दिएका छन् । आन्दोलनरत चिकित्सकहरुका अनुसार अब देशभरका सरकारी अस्पतालमा पनि प्रांगणबाटै भए पनि सेवा प्रवाह गर्ने जनाएका छन् ।

तस्वीर : एभरेष्ट दैनिक

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार