• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
डबली

  वाह ! नारी

गजेन्द्र मोक्तान

कति दिने उपमा 
कति दिने रुपक
जस्ती चन्द्रमा 
जस्ती गुलाब
जस्ती बिभिन्न फूल
गर्दै तुलना 

 

तर भएन परिवर्तन 
संकिर्ण सोचले
त्यो मानसिकताको 
जाँचेर गर्भ
छोरा भए राखिन्छ 
छोरी भए फ्याँकिन्छ 
फोहोर फाल्ने टोकरीमा
अनि ती नै मान्छेलाई 
चाहिन्छ बुहारी 
भएको सुन्दरता
भएको योग्यता 
भएको ईमानदारीता
कस्तो होला बिडम्वना
म सोचिरहन्छु 
मन पारेर गॉठो 

 

लाग्छ,
मलाई दया नारीको
भन्दा पुरुषले खाने थोरै
काम धन्दा धेरै
बकम्फुसे गफ लाएर भट्टीपसलमा
अर्थबिहिन राजनीतिको
पर्दै टिल्ल 
बिना कारण 
खोज्दै निहुँ
आफ्नै श्रीमतीसँग
निकाल्दै दोषका तरंग
कहिले कुटाई 
कहिले आरोप माईतीको 
शिक्षित नारीलाई छ डर इज्जतको
कति बस्ने खपेर बरै !

 

गरे संसार परिवर्तन ती नै नारीले 
के थाहा गोबरलाई
मतुवा सॉढेलाई
को हो मारिया क्युरी
को हो रोजा पार्क्स
को हो ईम्मेलिन प्यांकहर्स्ट
को हो आदा लवलेस
को हो रोसालिन फ्रयांकलिन
को हो मार्गरेट थ्याचर
को हो क्लियोपेट्रा
को हो आङ्साङ्सुकी
को हो एंजेला बर्डेट
को हो फ्लोरेन्स नाइटिङ्गेल
को हो जेन अस्टिन
को हो एन्जेला मार्कल
को हो हिलारी क्लिन्टन
को हो मे थेरेसा
को हो रानिया अब्दुल्ला
को हो मदर टेरेसा ?

 

मलाई त लाग्छ महान नारी
चाहे होस एसियन
 -अरबी
-फारसी 
-यूरोपियन
-अफ्रिकन 
-अमेरिकन
-क्रिश्चियन 
-मुसलमान
-हिन्दु
-बुद्धिष्ट
भएका कोमल हृदय
सहयोगी नारी
छैनन,शब्द सम्मानको 
उदारबादी  नारीको

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार