• बिहीबार १-१३-२०८१/Thursday 04-25-2024
स्वास्थ्य

चिकित्सकको आन्दोलन :  प्रहरी लगाएर वीर अस्पतालमा ओपीडी टिकट बाँडियो

काठमाडौं । चिकित्सकहरु आन्दोलनका कारण यतिबेला सर्वसाधरण मारमा परेका छन् ।  सरकारी चिकित्सकले गरेको आन्दोलनका कारण अस्पताल आएका बिरामी उपचार नपाएर प्रभावित भएका छन् । कर्मचारी समायोजन विधेयक सच्याउन माग गर्दै सरकारी चिकित्सक संघ (गोदान) ले आकस्मिक बाहेकका सम्पूर्ण सेवा ठप्प पारेका हुन ।

 

काठमाडौंका वीर, ट्रमा सेन्टर, कान्ति बाल अस्पताल, शुक्रराजलगायतका अस्पतालमा शल्यक्रियाका लागि पालो कुरेर बसेका बिरामीले पनि सेवा पाउन सकेका छैन् । गोदानले चिकित्सकहरूलाई संघीय सरकारको मातहत हुने गरी प्रदेश र स्थानीय तहमा परिचालन गर्नुपर्ने माग गरेको छ। यो माग पूरा नभएसम्म चिकित्सा सेवा बहिष्कार गर्ने निर्णय संघले गरेको छ।

 

गोदानको आह्वानमा भएको उक्त आन्दोलनमा नेपाल चिकित्सक संघले समेत ऐक्यवद्धता जनाएको छ । चिकित्सकहरुको आन्दोलनले देशैभर दैनिक ५० हजारभन्दा बढी बिरामी प्रभावित हुने गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

 

यसैबीच वीर अस्पतालको ओपीडी सेवा भने नेपाल प्रहरीले सञ्चालन गराएको छ । सरकारी चिकित्सक आन्दोलनका कारण सर्वसाधरण मारमा परेपछि चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान ९न्याम्स०ले प्रहरी लगाएर ओपिडी टिकट काउन्टर खुल्ला गरेको हो। दैनिक २५/३० जनाको अपरेसन हुने वीर अस्पताल ठप्प भएपछि गाउँबाट आएका बिरामी शल्यक्रिया रोकिँएको छ । उनीहरूको आन्दोलनको कारण ६ दिनदेखि सरकारी अस्पतालमा अकास्मिक सेवाबाहेक सबै सेवा ठप्प छ ।

 

आन्दोलनरत सरकारी चिकित्सक र सरकारबीच पाचौँ दिनमा हिजो मंगलबार अनौपचारिक वार्ता भएको थियो। अनौपचारिक रूपमा भएको वार्तामा सरकारी चिकित्सक संघका अध्यक्ष डा। दीपेन्द्र पाण्डेले मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठ र कर्मचारी प्रशासनका प्रमुख जनार्दन गुरागाइसँग अनौपचारिक छलफल गरेका थिए । तर पनि कुनै निष्कर्ष भने निस्किएन ।

 

गोदानका अध्यक्ष डा.  पाण्डेले ६ दिनसम्म पनि बिरामीको स्वास्थ्यको विषयमा सरकारले चासो नदिएको भन्दै सरकारी अस्पतालको प्रांगणमा नै आकस्मिक बाहेकका सेवा दिने बताए । 
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार