• बिहीबार १-६-२०८१/Thursday 04-18-2024
रंगमञ्च

बैशाख ६ बाट पोखरा थिएटरमा 'बाकस' 

पोखरा । पोखरा थिएटरको गन्धर्व नाटकघरमा यही  बैशाख ६ गतेबाट  नाटक ‘बाकस’ मञ्चन सुरु हुने भएको छ । 

 

नाटकलाई सरुभत्त श्रेष्ठले लेखेका हुन् भने नाटकको निर्देशन सरुभक्त श्रेष्ठ र परिवर्तन कार्कीले गर्दैछन् । अहिले नाटकको धमाधम रिर्हसल भइरहेको निर्देशक परिवर्तन कार्कीले जानकारी दिए। 

 

गोविन्द रमण पराजुली, प्रमिला तुलाचन, दिल प्रसाद गुरुङ, नवराज गिरी, रमेश बाबु तिमल्सिना, निश्चल विमल, शरद भण्डारी, सोनिया कार्की, इश्वर कार्की, जनक पराजुली, विष्णु तिमिल्सिना, संगम लामिछाने, पार्वती थापा, धनकाजी श्रेष्ठ, दिक्षा कार्की लगाएतको नाटकमा अभिनय रहनेछ ।   

 

राष्ट्रिय परिवर्तनपछि देशको अवस्था बारे चित्रण गरिएको कथामा आधारित नाटक बैशाख २१ गते सम्म मञ्चन हुनेछ । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार