• शनिबार १-८-२०८१/Saturday 04-20-2024
शिक्षा

युथ भिजन ग्रुपको दोस्रो वार्षिक साधारण सभा सम्पन्न

चितवन । युथ भिजन ग्रुपको दोस्रो वार्षिक साधारण सभाले कमल प्रसाद घिमिरेको अध्यक्षतामा ११ जनाको संचालक समिती गठन गरेको छ । 

 

समितिमा छबि शर्मा , महेन्द्र चोख्खाल , बिक्रम कार्की , राजेन्द्र खत्री , शिवलाल चलिसे , हम्सराज ढकाल , देबीराम लामिछाने, रमा केसी , अमित राज र दामोदर दाहाल निबिरोध निर्वाचित भएको निर्वाचन अधिकृत श्री मेघराज कंडेलले जानकारी दिए ।

 

दोस्रो साधारण सभामा कम्पनीको प्रतिबेदन प्रस्तुत गर्दै कम्पनीका प्रबन्ध निर्देशक छबी शर्माले लगानीकर्ताको लगानी सुरक्षित रहेको भन्दै ढुक्क हुन आग्रह गरेका थिए । बिभिन्न समस्याका बाबजुत छोटो समयमा सस्थाले जे जति प्रगती हासिल  ग¥यो त्यसबाट आफु उत्साहि भएको बताए । 

 

कार्यक्रममा कम्पनीका सञ्चालकहरु हम्सराज ढकाल, लक्ष्मी गिरी लगायतले छोटो समयमा कम्पनी गरेको प्रगतीको प्रशंशा गरेका थिए ।

 

 युथ भिजन ग्रुप बिभिन्न समयमा बिदेश गई शिक्षा र सिप सिकेर नेपाल फर्किएका युवाहरुद्धारा सञ्चालित कम्पनी हो । जसले केही बर्ष यता नेपालमा होटल, फोलोरिकल्चर लगायतका क्षेत्रमा काम गर्दै आएको छ ।
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार