• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
शिक्षा

विवादमा परेपछि सुदूरपश्चिमाञ्चल विश्वविद्यालय पदाधिकारीविहीन

कञ्चनपुर ।  सुदूरपश्चिमाञ्चल विश्वविद्यालय तीन महीनादेखि पदाधिकारीविहीन अवस्थामा रहेको छ । विश्वविद्यालयका उपकुलपति प्राध्यापक भुषण श्रेष्ठ र रजिष्ट्रार प्राध्यापक डा द्विजराज भट्टलाई पदमा रहेर काम नगर्न कुलपतिले पत्र पठाएपछि विश्वविद्यालय पदाधिकारीविहीन बनेको छ ।

 

पदीय मर्यादा विपरीत काम गरेको भन्दै गत पुस २६ गते कुलपतिको कार्यालयबाट उपकुलपति र रजिष्ट्रारलाई पदमा रहेर काम नगर्न उल्लेख गर्दै पत्र पठाइएको थियो । तीन महीना भइसक्दा समेत सरकारले निणय गर्न नसक्दा विश्वविद्यालय पदाधिकारीविहीन अवस्थामा पुगेको विश्वविद्यालयका प्रवक्ता तथा सूचना प्रमुख गोविन्द बल्लभ पन्तले बताए ।

 

उपकुलपति श्रेष्ठ र रजिष्ट्रार भट्ट विश्वविद्यालयमा नियुक्ति पाएदेखि नै कार्यस्थल केन्द्रीय कार्यालय महेन्द्रनगरमा नबसी काठमाडौँमा बसेर तलब बुझ्ने गरेको, इमान्दारीपूर्वक काम नगरेको, पद अनुकूलको आचारण नगरेको, तालीम र भ्रमणभत्ताकै नाममा विश्वविद्यालयको बजेट मनपरी लिने गरेको भन्दै विवादमा परेका थिए ।

 

विवादमा आएपछि सरकारले गत पुसमा दुबैलाई पदमा रहेर काम नगर्न भन्दै पत्र पठाएको हो । गत माघ २० गते आएको छानबिन टोलीले उपकुलपति र रजिष्ट्रारका काम कारवाहीका बारेमा छानबिन गरेर माघ २६ गते उक्त छानबिनको प्रतिवेदन सरकारलार्ई बुझाएको थियो ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार