• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
डबली

कविता : न्यायको धरोहर

अधिवक्ता राधा जि.सी.

कमजोर नबनाउ है
यो हाम्रो न्यायको घरलाई 
कुण्ठित नगर है
नागरिकका हक अधिकारलाई
वचाएर राख  है
हाम्रो शाखको धरोहरलाई ।

 

वन्द गर राजनीतिक हस्तक्षेप
यो हाम्रो आस्थाको केन्द्रमा
विकृति र विसंगतिका विरुद्ध
जुझारु र क्रान्तिकारी वनिराख
सक्षम,योग्य र निर्विवाद ब्यक्तिलाई 
जिम्मेवारी र नियुक्ती दिने गर ।

 

हे न्यायकर्मी ज्यूहरु
नरमाउँ अरूले थमाइदिएको 
पद र प्रतिष्ठामा 
केही मज्जा छैन यसमा
जति मज्जा छ आफ्नै 
मिहिनेतले प्रतिष्ठित भएकोमा ।

 

जिम्मेवारी बन सवै न्यायकर्मीहरू
यो धरोहरलाई सम्मानित, मर्यादित 
निष्पक्ष र स्वतन्त्र  वनाउन 
कानूनी प्रक्रियाको अक्षरस पालना गर 
न्यायमूर्तिहरू न्यायिक निरूपण गराउन

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार