• शनिबार १-८-२०८१/Saturday 04-20-2024
डबली

‘आँसु झरेको समयतालिका राखेकै रहेनछु’

आँसु के हो ?
आँसु दियालो हो जीवन चिहाउने, आँसुसँग मन छ जीवन बिताउने, म डराउँ किन आँसुसँग ? यही हो मलाई बाटो चिनाउने । मेरो भन्नु यस्तै छ आँसुबारे । 

 

पहिलो पटक आँसु आएको बेला ?
थाहा छैन जन्मिएपछि रोएँ मात्रै या आँसु आयो । आँसुको अर्थ जब जाने जस्तो महसुस भएको छ मलाई यतिखेर, किन याद गरुँ म प्रथम पटक आँसु कहिले आयो भनेर ?

 

आँसु आउँदा कस्तो महशुुस हुन्छ ? 
शीतल मन, निर्मल मष्तिस्क, मानिस प्यारा, अनि थलो मनोहर । मलाई यस्तै लाग्छ । यस्तै लाग्छ मलाई । तर, जतिखेर कसैलाई आँसु आउँछ यो बुद्धि सके आउँदैन । रोएको घटना घटेको धेरैपछि यस्तो विचार आउन पनि सक्छ । 

 

के कुराले तपाईँलाई झर्झर आँसु आउँछ ? 
जीवनमा धेरै कम भिजेका छन् मेरा नयन, जतिसुकै रुन मन लागेपनि । आँसु आउने नली शायद सुकेको हो कि ? तर, जब देख्छु यस एक्काइसौँ या बाइसौँ हुन लागेको यूगमा पनि विभेद, असमानता, सामन्ती सोच र मान्छे बिरुद्ध मान्छे, तब बडो विचलित हुन्छ मन । धर्धर रुन्छ मन, आँखा भलै सुख्खा किन नहोस् । 

 

सबैभन्दा ज्यादा आँसु आएको समय ?
केही किस्सा छन् । सबै सम्झिन सक्छु, तर यतिखेर भन्न मुश्किल । 

 

आँसु किन आउँछ ?
शायद सहनशक्तिको बाँध टुटेर वा सहानुभूतिको आश जागेर आँसु नजर आउँछ । 

 

आँसु आएको बेला कसले तपाईँलाई ढाढस दिन्छ ?
मेरै मनले ।  

 

आँसु र खुशीमा के फरक छ ?
आँसुको उत्सव मनाउन मजा लाग्ने मलाई, आँसुमै मजाले खुशी भेट्छु । फरक भेटुँ कसरी ?  

 

कति समयसम्म आँखाबाट आँसु झरिरहन्छ ?
हत्तेरि, मैले त्यसको समयतालिका त राखेकै रहेनछु । 

 

मायाप्रेममा कतिपटक आँसु आयो ?
भन्न मन छ– एक पटक मात्र आयो । तर, भन्न मन छ पटकपटक आयो । 

 

प्रस्तुति : सुकृत नेपाल 
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार