• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
शिक्षा

अभिभावकले बिधार्थीको कुरा बुझन् जरुरी : कोमल वली

काठमाडौं । जोसेफ हाई स्कूल र आइ जोसेफ पब्लिक स्कूलको प्राथमिक तहको दीक्षान्त समारोह सम्पन्न भएको छ । राष्ट्रिय सभा सदस्य कोमल वलीको प्रमुख आतिथ्यतामा आयोजित एक भव्य समारोहका बीच कक्षा एसकेजी देखि कक्षा आठसम्मका विद्यार्थीहरुलाई दिक्षित गरिएको थियो । कार्यक्रमकी प्रमुख अतिथि राष्ट्रिय सभा सदस्य कोमल वलीले विशेष समारोह विच एसकेजीदेखि कक्षा आठ सम्मका विद्यार्थीहरुलाई दिक्षित प्रमाणपत्र र दीक्षान्तको टोपी लगाई दीक्षित गरेकी थिईन् ।

 

कार्यक्रममा बोल्दै राष्ट्रिय सभा सदस्य कोमल वलीले पहिलो पाठशाला भनेको आमाको काख र घर नै भएकोले आमाबाबुले जस्तो शब्दहरू उच्चारण गर्‍यो, जस्तो व्यवहार गर्‍यो बालबालिकाले त्यही सिक्ने बताइन । उनले भनिन्, बालबालिकाको मस्तिष्क एकदम उर्वर हुने र जिज्ञासु हुने भएकोले नयाँ नयाँ कुरा सिक्न र बुझ्न् खोज्ने हुन्छन् । त्यसलाई अभिभावकले बुझ्न नसकेमा बालबालिकालाई नराम्रो असर पर्छ।

 

यस्तै जोसेफ स्कुलका संस्थापक प्रिन्सिपल सुर्यबहादुर अधिकारीले आउँदा बर्षहरुमा स्नातक तहको  पढाई सुरु गर्ने र स्कुललाई यस क्षेत्रको एक नमूना विद्यालय बनाउने आफ्नो योजना रहेको बताए । कार्यक्रममा बुढानीलकण्ठ नगरपालिका वडा नं. १० का वडाध्यक्ष नवराज भट्टराई, १२ का वडाध्यक्ष शम्भु भट्टराई, महिला सञ्जालकी अध्यक्ष बिन्दा गौतम, अधिकारकर्मी सावित्री भट्टराई, सज्जन महिला साकोसकी अध्यक्ष सिमा पुरी, महानगरीय प्रहरी प्रभाग कपन प्रमुख प्रहरी निरीक्षक मिनबहादुर कुँवर, प्रहरी नायव निरीक्षक अर्जुन गिरी, युवा संघका केन्द्रीय सदस्य निरन्जन नेपाल, स्थानीय संचार माध्यमका प्रतिनिधिहरु लगायत अभिभावक र विद्यार्थीहरुको बाक्लो उपस्थिति रहेको थियो ।

 

शिक्षाको विकास र विद्यार्थीहरुको विविध उन्नतिका लागि प्रयासरत विद्यालय हो जोसेफ ।  ‘वी गूड, डु गुड ‘ भन्ने मुल मन्त्र लिएर शिक्षाको विकासमा होमिएको जोसेफमा गत बर्षदेखि कक्षा ११ र १२ को पढाई पनि शुरु भएको छ।
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार