• बिहीबार १-६-२०८१/Thursday 04-18-2024
फेशन

आकृति र रुवानले चुमे ‘मिनी प्रिन्सेस एण्ड प्रिन्स गैडाकोट २०१९’ को उपाधी

नवलपुर ।  गैडाकोटकमा पहिलो पटक आयोजना भएको ‘मिनी प्रिन्सेस एण्ड प्रिन्स गैडाकोट २०१९’ को उपाधी आकृती सुवेदी र रुवान ढकालले हात पारेका छन् ।  १९ जना बालबालिकाहरुको सहभागिता रहेको प्रतियोगितामा  फष्ट रनरअप दिभ्यता पराजुली र सेकेन्ड रनरअप सुरभी सापकोटा बनेका छन्  ।

 

प्रतियोगितामा मिस प्रिन्सेस र प्रिन्सले उपाधी संगै नगद दश-दश हजार  प्राप्त गरे । त्यस्तै फस्ट रनरअपले सात हजार नगद र सेकेन्ड रनरअपले  पाँच हजार नगद सहित विभिन्न पुरस्कार प्राप्त गरेका थिए ।  

 

 

 

बालबालिकाको बौद्धिक बिकासका लागी कार्यक्रम प्रभावकारी भएको आयोजकले जनाएको छ । प्रतियोगितामा साना बालबालिकाहरुले बिभिन्न सांस्कृतिक प्रस्तुति का साथै  आफनो कला प्रस्तुत गरेका थिए । 

 

इलिजेन्ट किडश मन्टेश्वरीले आयोजना गरेको उक्त कार्यक्रममा फेशन शो, स्थानीय तथा राष्ट्रिय कलाकारहरुले आफनो सांगीतिक तथा मनोरञ्जनात्मक प्रस्तुति दिएका थिए ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार