• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
रंगमञ्च

सकियो बेसोमती नाटक ‘म क्षमा माग्दिन' (आइ एम नट सरी)

काठमाडौं । चैत ९ गतेदेखि  राजधानीको शिल्पी थिएटरमा मञ्चन भएको नाटक 'म क्षमा माग्दिन' (आइ एम नट सरी) ले दर्शक माझ केही फरक स्वाद पस्केर बीट मारेको छ ।

 

स्विट्जरल्यान्डकी अनिता बेर्तोलामी र आयरल्यान्डका शिव ग्रिन्स  निर्देशित नाटक ‘कमेडिया डेलार्ते’ अन्र्तगत पर्ने  ‘बफुन’ शैलीमा  तयार पारिएको नाटक थियो । नेपालीमा बुफनलाई बेसोमति हाँस्यव्यङ्गय नाटक भन्ने गरिन्छ ।

 

यी दुई  निर्देशक हाल जर्मनीको फाइबर्गमा रंगकर्ममा सक्रिय छन् भने डेनमार्कको कमेडिया इन्टरनेसनल स्कुलबाट दुवैले स्नातक तह पूरा गरेका छन्।

 

महिला हिंसा, धार्मिक विभेद लगायतका समाजमा  विद्यमान विभिन्न समास्याहरूलााई नाटकमा खोतलिएको छ । नाटकमा पवित्रा खड्का, सविन कट्टेल, झकेन्द्र बीसी, संगीता उराव, दीपिका ढकाल, मोहनप्रकाश, गोविन्द ओली, सुमित भण्डारी लगायतका कलाकारको अभिनय छ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार