• बिहीबार १-१३-२०८१/Thursday 04-25-2024
देश/प्रदेश

प्रमुख निर्वाचन आयुक्तमा सचिव थपलियाको नाम सिफारिस

काठमाडौं ।   प्रमुख निर्वाचन आयुक्तको रिक्त रहेको पदमा नेपाल सरकारका सचिव दिनेशकुमार थपलियालाई नाम  सिफारिस गरिएको छ  । थपलिया संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका बहालवाला सचिव हुन् ।

 

यसअघिका प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादव र सदस्य इला शर्मा आइतबारमात्र सेवानिवृत्त भएका थिए । निर्वाचन आयोगमा प्रमुख आयुक्त र अन्य आयुक्त गरी पाँचजना सदस्य रहन्छन् ।

 

हाल नरेन्द्र दाहाल, ईश्वरीप्रसाद पौड्याल र सुधीर शाह आयोगका सदस्य छन् । सोमबार सिंहदरबारमा बसेको बैठकले सो निर्णय गरेको  राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जानकारी दिए ।

 

यस्तै  राष्ट्रिय समावेशी आयोगका सदस्यमा मकवानपुरकी अधिकारकर्मी विष्णुमाया ओझालाई पनि सिफारिस गरेको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार