• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
खेलकुद

अत्तरिया क्लबलाई हराउँदै सङ्कटा सेमिफाइनलमा

बनेपा । काभ्रेपलाञ्चोकको धुलिखेलमा जारी ‘काभ्रे गोल्ड कप’ फुटबल प्रतियोगितामा अत्तरिया क्लबलाई हराउँदै सङ्कटा क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।

 

 सङ्कटाले अत्तरिया क्लबलाई शून्यका विरुद्ध तीन गोल गरी सेमिफाइनलमा प्रवेश गरेको हो ।

 

सङ्कटाका एकने क्रिस्टियनले खेलको ४०औँ, ८३औँ मिनेट र पछिल्लो अतिरिक्त समयमा गरी तीन गोल गरेका थिए ।

 

 खेलको ‘म्यान आफ दी म्याच’ सङ्कटाका एकने नै घोषणा भए । उनलाई रु पाँच हजार दिइएको छ । अहिलेसम्मको प्रतिस्पर्धाका आधारमा सङ्कटा, काभ्रे जिल्ला फुटबल सङ्घ र जावलाखेल क्लब सेमिफाइनलमा प्रवेश गरेका छन् ।

 

सेमिफाइनल खेल आगामी १३ गते हुनेछ । मङ्गलबार नेपाल आर्मी र एपिएफबीच प्रतिस्पर्धा हुनेछ ।

 

 यही चैत ७ गतेदेखि शुरु भएको प्रतियोगिता यही चैत १६ गते सम्पन्न हुने आयोजक काभ्रे जिल्ला फुटबल सङ्घले जनाएको छ । 

प्रतियोगितामा प्रथम हुनेले रु चार लाख र दोस्रो हुनेले रु दुई लाख पाउनेछन् । प्रतियोगितामा १० समूह सहभागी छन् । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार