• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
अर्थ

एनसीसी बैंक र महालक्ष्मी लाईफ इन्स्योरेन्स बीच बीमा बिक्री सम्झौता

नेपाल क्रेडिट एण्ड कमर्स बैंक  लि. र महालक्ष्मी लाईफ इन्स्योरेन्स लि. बीच बीमा पोलिसी बिक्री गर्ने गरीे आज सम्झौता भएको छ ।

 


सम्झौता अनुसार एनसीसी बैंकको कर्पोरेट तथा बिभिन्न शाखा कार्यालयहरुबाट महालक्ष्मी लाईफ इन्स्योरेन्स लि. को पोलिसी बिक्री गरिनेछ ।

 

सम्झौतामा नेपाल क्रेडिट एण्ड कमर्स बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री रमेश राज अर्याल र महालक्ष्मी लाईफ इन्स्योरेन्स लि. का तर्फवाट  प्रमुख कार्यकारी अधिकृत श्री रमेश कुमार भट्टराईले संयुक्त रुपमा हस्ताक्षर गरेका छन ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार