• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
मनोरञ्जन

चलचित्र ‘यात्रा' को ट्रेलर सार्वजनिक (ट्रेलर सहित)

काठमाडौं । चलचित्र  ‘यात्राः अ म्युजिकल भल्ग’ को ट्रेलर सार्वजनिक भएको छ । लभ, रोमान्स, कमेडी, द्वन्द्वलगायतका का बिषयलाई ट्रेलरमा देखाइएको छ । सलिनमान बनियाँ, मल्लिका महत, सलोन बस्नेत, जान्वी बस्नेत, जय नन्द लामा, रेअर राई, प्रेक्षा बज्राचार्य, धिरेन शाक्य, राजाराम पौडेल, विशाल कटवाल, समृद्धि राई, योगेश जंग कुँवर, इश्वर पौडेल, नानीकाजी डंगोल, राजेश बिसुराल, इश्वर पौडेल, बिशाल पहाडी, प्रजोल भट्टराई, देशभक्त खनाल, कमल मैनाली, सौगात शर्मा लगायतका कलाकारको अभिनय रहेको छ । 

 

कोटकी कालिका देवीफिल्म्स प्राइभेट लिमिटेड , क्रिएटिभ फिल्म प्रोडक्सन र हरि ओम सिने मेकर्सको ब्यानरमा निर्माण भएको सिनेमाका प्रस्तुतकर्ता केशव भट्टराई र चिज कुमार श्रेष्ठ हुन् । चलचित्रमा बिक्रम पराजुली, मुक्ति तिम्सिना र राम शरण घिमिरे सह निर्माताको रुपमा रहेका छन् ।

 

चलचित्रका निर्माता सुशील पोखरेल र कार्यकारी निर्माता सर्जुमान लिगल हुन् । चलचित्रमा सञ्जय लामाको छायांकन, कविराज गहतराज र प्रविन सिंहको कोरियोग्राफी, हिमाल केसीको द्वन्द, संगीतकार शम्भुजित बास्कोटा, प्रतिक पौडेल र कोविद बज्रको संगीत, बनिश शाहको सम्पादन रहेको छ । चलचित्र चैत्र २९ गते बाट प्रदर्शनमा आउँदैछ ।

 

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार