• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
देश/प्रदेश

नेपाल र जापानबीच श्रम समझदारी पत्रमा हस्ताक्षर

काठमाडौं। नेपाल र जापानबीच श्रम समझदारी पत्रमा हस्ताक्षर भएको छ।  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव तथा जापानका प्रतिनिधिबीच श्रमिक आपूर्ति बारे ‘सहकार्यको समझदारी’ पत्रमा सोमबार हस्ताक्षर भएको हो। दुईपक्षीय हस्तारक्षमा जापानका महामहिम राजदूत मासामिचि साइगो र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका निमित्ति सचिव रामप्रसाद घिमिरेले हस्तारक्षर गरेका हुन्।

 

नेपाली श्रमिकहरुको गन्तव्य मूलुकका रुपमा रहन सक्ने जापानमा यस अघि व्यक्तिगत तवर मार्फत चर्को लागतमा गइरहेका नेपाली श्रमिकहरुको शून्य लागतमा नै जान पाउने गरी सम्झौतामा हस्ताक्षर भएको छ । सरकारले अन्तर्राष्ट्रिय श्रम संगठन आइएलओको मापदण्ड अनुसार नेपाली श्रमिकहरुको जापान रोजगारीका लागि पठाउने गरी श्रम समझदारी भएको छ। 

 

जापानले पहिलो पाँच वर्षमा तीन लाख ४५ हजार नौ देशबाट कामदार लैजाने नीति लिएकोमा नेपालबाट वार्षिक कति भन्ने सवालमा पनि सम्झौता पनि नै नसर्क्यौल गरिने जनाइएको छ। जापानको रोजगारीका लागि १८ वर्षमा माथिका युवा-युवती मात्रै योग्य हुने व्यवस्था छ।

 

नेपालले जापान जान धेरै आर्थिक भार पार्न नहुने, कामदारको स्वास्थ्य, सुरक्षाको ग्यारेन्टी, अन्तर्राष्ट्रिय मूल्यमान्यता अनुसार सेवासुविधा पाउनुपर्ने लगायत प्रस्ताव राखेको छ । जापानले विदेशी कामदार लैजान ‘ब्लु कलर’ कामदारसहित निश्चित सीपका आधारमा दुई किसिमको भिसा व्यवस्था गर्दै छ । जसमा निर्माणसहित १४ किसिमका उद्योगलाई पहिलो श्रेणीमा राखिएको छ।

 

नयाँ भिसाका लागि कामदारले अनिवार्य सीपसहितको भाषा परीक्षा पास गर्नुपर्नेछ। दोस्रो भिसा श्रेणीमा राखिएको उच्चस्तरको व्यावसायिक सीपयुक्त जनशक्तिका लागि भने तत्कालै भाषा परीक्षा हुने सम्भावना कम रहेको बताइएको छ ।

 

नर्सिङ केयर, रेस्टुरेन्ट, निर्माण लगायतका क्षेत्रमा विदेशी कामदारको माग बढी भएकाले ती क्षेत्रलाई जापानले प्राथमिकता दिएको छ । जापानी भाषा प्रवीणता परीक्षण (जेएलपीटी) को चौथो तह उत्तीर्ण गर्ने व्यक्ति जापानका लागि योग्य हुनेछन् । कामदारको लागत शुल्क लगायत भने तोक्न बाँकी नै छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार