• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
देश/प्रदेश

नेपाल–जापान श्रम सम्झौता आज

काठमाडौं । नेपाली श्रमिकहरुलाई जापान लैजाने सम्बन्धमा नेपाल र जापानबीच आज दुई पक्षीय सम्झौता हुने भएको छ । जापानले पहिलोपटक श्रम भिसामा सोझै नेपालबाट कामदार लैजान लागेको हो । जापानले आउँदो अप्रिल १ देखि नेपालसहित ९ देशबाट विदेशी कामदार लैजाँदैछ ।

 

श्रम समझदारीमा नेपालका तर्फबाट श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव र नेपालस्थित जापानी राजदूतले हस्ताक्षर गर्ने छन्। जापानसँग ५ वर्षका लागि श्रम समझदारी हुन लागेको हो।

 

जापानले पहिलो पाँच वर्षमा तीन लाख ४५ हजार नौ देशबाट कामदार लैजाने नीति लिएकोमा नेपालबाट वार्षिक कति भन्ने सवालमा पनि सम्झौता पनि नै नसर्क्यौल गरिने जनाइएको छ। जापानको रोजगारीका लागि १८ वर्षमा माथिका युवा युवती मात्रै योग्य हुने व्यवस्था छ।

 

जापानी भाषा प्रवीणता परीक्षण ९जेएलपीटी० को चौथो तह उत्तीर्ण गर्ने व्यत्ति जापानका लागि योग्य हुनेछन् । कामदारको लागत शुल्कलगायत भने तोक्न बाँकी नै छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार