• बुधबार १-१२-२०८१/Wednesday 04-24-2024
खेलकुद

हैदरावादमाथि कोलकताको सानदार जित

एजेन्सी । इन्डियन प्रिमियर लिग आइपिएल  क्रिकेटको १२ औं संस्करण अन्तर्गत आइतबार भएको को दोस्रो खेलमा कोलकता नाइट राइडर्सले विजयी सुरुवात गरेको छ । कोलकताले हैदरावादलाई ६ विकेटले हराउँदै सुखद सुरुवात गरेको हो ।

 

नितेश राना र आन्द्रे रसेलको उत्कृष्ट ब्याटिङमा सनराइजर्स हैदरावादमाथि ६ विकेटको जित निकाल्दै कोलकत्ताले शानदार सुरुआत गरेको हो । १ सय ८२ रनको लक्ष्य पछ्याएको कोलकताले  ४ विकेट गुमाउँदै १ सय ८३ रन बनायो ।

 

कोलकताको जितमा आन्द्रे रसेलले विश्फोटक ब्याटिङ गर्दै मात्र १९ बलमा समान ४ छक्का र चौका प्रहार गर्दै ४९ रनमा अविजित रहे । अन्तिम ओभरमा १३ रन चाहिएको अवस्थामा शुभमन गिलले सकिब अल हसनलाई दोस्रो र चौथो बलमा छक्का प्रहार गर्दै खेल जिताए । गिल १० बलमा २ छक्का प्रहार गर्दै १८ रनमा नट आउट रहे ।

 

पहिला ब्याटिङ गरेको  सनराइजर्स हैदरावादले  ३ विकेटको क्षतिमा १ सय ८१ रन बनाएको थियो । हैदरावादलाई विशाल योगफल तयार पार्न ओपनर डेविड वार्नरले सानदार ब्याटिङ गरे । वार्नरले ५३ बलमा ९ चौका र ३ छक्का प्रहार गर्दै ८५ रन बनाएका थिए । वार्नरलाई १६ ओभरको अन्तिम बलमा आन्द्र रसेलले रोविन उथप्पाबाट उत्कृष्ट क्याच आउट गराए ।

 

हैदरावादका लागि डेभिड वार्नरले अर्धशतकीय पारी खेले पनि टोलीलाई जिताउन सकेनन्। ५३ बल खेलेका उनले ९ चौका र ३ छक्काको सहयोगमा ८५ रन बनाएका थिए । वार्नरले जोनी बेयरस्टोसँग पहिलो विकेटका लागि १२।५ ओभरमा १ सय १८ रनको साझेदारी गर्दै सानदार सुरुवात दिलाएका थिए । १३ ओभरको पाँचौ बलमा पियुष चाहलले बोल्ड आउट गर्नु अघि बेयरस्टोले ३५ बलमा ३ चौका र १ छक्का प्रहार गर्दै ३९ रन बनाए ।

 

हैदरावादका विजय शंकरले २४ बलमा समान २ चौका र छक्का प्रहार गर्दै ४० रनमा अविजित रहे । युसुफ पठान १ र मनिष पान्डेले ८ बटुले । कोलकताका लागि आन्द्रे रसेलले २ र पियुष चाहलले समान एक विकेट लिए । हैदरावादले अव २९ मार्चमा राजास्थान रोयल्ससँग खेल्दा कोलकताले २७ मार्चमा किंग्स इलाभेन पञ्जावसँग खेल्ने छ ।
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार