• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
अर्थ

धितोपत्र बोर्डमा तालाबन्दी, लगानीकर्ता धर्नामा

काठमाडौं । पूँजी बजार सुधार तथा बिस्तार गर्नुपर्ने माग गर्दै शेयर लगानीकर्ता दबाब समूहले नेपाल धितोपत्र बोर्डको कार्यालयमा तालाबन्दी गरेका छन् ।

 

पूँजी बजार सुधार र विस्तारका लागि आफूहरुले राखेका ३२ बुँदे मागको कुनै सुनुवाइ नभएको भन्दै लगानीकर्ता दबाब समूह तालाबन्दी गरेको हो । शेयर लगानीकर्ता दबाब समूहका अध्यक्ष हरि ढकालको नेतृत्वमा गएको टोलीले बोर्डले पूँजी बजारको सुधार तथा बिस्तारमा चासो नदिएकाले तालाबन्दी गर्नुपरेको बताएका छन् ।

 

तालाबन्दीपछि लगानीकर्ताहरु बोर्ड परिसरमा धर्नामा बसेका छन् । दबाब समूहले शनिबार  आफ्ना मागसहितको पत्र प्रधानमन्त्री केपी शर्मा ओलीलाई  बुझाएका थिए ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार