• बिहीबार १-१३-२०८१/Thursday 04-25-2024
खेलकुद

आईपीएलमा चेन्नईको विजयी सुरुवात

एजेन्सी  । इण्डियन प्रिमियर लिग (आईपीएल) मा  साविक बिजेता चेन्नई सुपर किंग्सले  विजयी सुरुवात गरेको छ । शनिवार राती सम्पन्न पहिलो खेलमै रोयल च्यालेन्जर्स बेंगलोरलाई ७ विकेटले पराजित गर्दै चेन्नईले विजयी सुरुवात गरेको हो ।

 

सामान्य ७१ रनको लक्ष्य चेन्नईले १७.४ ओभरमा ३ विकेटको क्षतिमा पुरा गर्यो । चेन्नईको जितमा ओपनर आम्बाती रायडूले ४२ बलमा २ चौका र १ छक्का प्रहार गर्दै २८ रनको योगदान दिए । यस्तै सुरेश रैनाले १९ रन जोडे । योसँगै सुरेश आईपीएलमा ५ हजार रन पुरा गर्ने पहिलो खेलाडी बनेका छन् । 

 

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बैंङ्लोरले १७ ओभर १ बलमा अलआउट हुनुपूर्व ७० रन मात्रै बनाएको थियो । बेंगलोरका लागि ओपनर पार्थिप पटेलले सर्वाधिक २९ रन बनाउन बाहेक अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन छुन सकेनन् ।

 

अर्थात बेंगलोरका १० ब्याट्सम्यानले दोहोरो अंकमा रन छुन सकेनन् । पटेलले ३५ बलमा २ चौका प्रहार गरे । बलिङतर्फ चेन्नईका हरबजन सिंह र इमरान ताहिरले समान ३–३ विकेट लिए । रबिन्द्र जडेजाले २ विकेट लिए । जितसंगै महेन्द्र सिंह धोनीको कप्तानीमा रहेको चेन्नईले ३ अंक जोडेको छ । उता विराट कोहलीको कप्तानिमा रहेको बैंगलोरले प्रतियोगितामा खराव सुरुवात गरेको छ ।

 

आईपीएल क्रिकेटमा आज दुई खेल हुनेछन् । आजको पहिलो खेलमा कोलकाता नाईट राईडर्स र सनराईजर्स हैदरावाद भिड्दा दोस्रो खेल दिल्ली क्यापिटल्स र मुम्बई इन्डियन्सबीच हुनेछ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार